सर्वोच्च अदालतको न्यायाधीशमा निरौला र पाण्डे सिफारिस

आश्विन ११, २०८१

कान्तिपुर संवाददाता

Niraula and Pandey recommended as Supreme Court judges

काठमाडौँ — न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम सिफारिस गरेको छ । परिषद्को शुक्रबारको बैठकले उनीहरूलाई सिफारिसको निर्णय गरेको हो । निरौला उच्च अदालत पाटनका मुख्य न्यायाधीश र पाण्डे उच्च अदालत तुलसीपुरका मुख्यन्यायाधीश थिए ।

परिषद् बैठकले  न्याय परिषद् (पहिलो संशोधन) नियमावली २०८० को कार्यान्वयन सम्बन्धमा गठित कार्यदलको प्रतिवेदनमा उल्लिखित सुझावको कार्यान्वयन सम्बोधनका लागि वरिष्ठतम् न्यायाधीश प्रकाशमानसिंह राउतलाई तोक्ने निर्णय गरेको छ ।Niraula and Pandey recommended as Supreme Court judges

त्यस्तै परिषद् बैठकले उच्च अदाततका १४ जना न्यायाधीशहरूको सरूवा गरेको छ । 

कान्तिपुर

Link copied successfully