'क्षेत्रीय शान्तिका लागि भारतले छिमेकी मुलुकमा हस्तक्षेप गर्न भएन'

श्रावण २५, २०८१

कान्तिपुर संवाददाता

'India should not interfere in neighboring countries for regional peace'

काठमाडौँ — नेपाल, श्रीलंका र बंगलादेशका ५ जना नागरिक अगुवाहरूले क्षेत्रीय शान्तिका लागि अन्य मुलुकहरूमा हस्तक्षेप नगर्न भारतसँग अपिल गरेका छन् । 

नयाँदिल्लीले  छिमेकको आन्तरिक मामिलामा हस्तक्षेप नगरेर दक्षिण एसियामा स्थिर राजनीति र शान्तिमा योगदान दिन सक्ने उनीहरूको धारणा छ ।

बंगलादेशका फिरदौस अजीम र मन्जुर हसन, श्रीलंकाका लक्ष्मण गुणसेकरा र नेपालका कनकमणि दक्षित र सुशील प्याकुरेलले तीनवटै देशबा एकसाथ अपिल प्रकाशित गर्दै उक्त आह्वान गरेका हुन् । उनीहरुले दक्षिण एसिया मुलुकहरूमा भारतले राख्दै आएको चासोबारे उल्लेख गर्दै दक्षिण एसियाका जनताको लोकतान्त्रिक आकांक्षालाई समर्थन गर्ने र उनीहरूलाई आफ्नो भविष्यको निर्माण आफैं गर्न दिन भनेका छन् ।

'भारतप्रति निर्देशित सार्वजनिक आक्रोश नयाँ दिल्लीको आन्तरिक हस्तक्षेपको प्रतिक्रिया मात्र हो,' उनीहरूको अपिलमा छ,' नयाँ दिल्ली हाम्रा प्रत्येक देशमा चिनियाँ संलग्नताबाट डराएको देखिन्छ, मानौं त्यहाँ भारतलाई घेराबन्दी गर्ने सम्भावित योजना बनिरहेको छ ।

 हामी बंगलादेश, नेपाल र श्रीलंकालाई जोड दिन्छौं चीन, भारत वा अन्य कुनै शक्तिको प्रभावको क्षेत्रमा छैनौं र हुनुहुँदैन ।' 

कान्तिपुर

Link copied successfully