बंगलादेशमा रहेका नेपाली विद्यार्थी र नागरिकलाई प्रभावित हुन नदिन कांग्रेसको अपिल

श्रावण २३, २०८१

कान्तिपुर संवाददाता

Appeal of Congress not to affect Nepali students and citizens in Bangladesh

काठमाडौँ — नेपाली कांग्रेसले बंगलादेशमा रहेका नेपाली विद्यार्थी र नागरिकलाई प्रभावित हुन नदिन तदारुकता राख्न सरकारसँग अपिल गरेको छ। 

बुधबार सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले बंगलादेशमा पछिल्लो समय विकसित घटनाक्रमका विषयमा समीक्षा गर्दै त्यहाँका नागरिकको भावनाबमोजिम शान्ति स्थापना हुने र लोकतान्त्रिक प्रक्रिया सुचारु ढंगले अघि बढ्नेमा विश्वास व्यक्त गरेको छ । बैठकले त्यहाँ रहेका नेपाली विद्यार्थी र अन्य नेपाली नागरिकलाई कुनै असर पर्न नदिन सरकारले थप तदारुकता राख्ने विश्वास समेत व्यक्त गरेको छ ।

बैठकपछि मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत् भनेका छन्, 'बंगलादेशमा पछिल्लो समय विकसित घटनाक्रमको सम्बन्धमा नेपाली कांग्रेसले बंगलादेशी नागरिकको भावना बमोजिम चाडै नै त्यहाँ शान्ति स्थापना हुने र लोकतान्त्रिक प्रकृया सुचारु ढंगले अघि बढ्ने विश्वास लिएको छ । यो घटनाबाट नेपाली विद्यार्थी र अन्य नेपाली नागरिकलाई कुनै असर पर्न नदिन नेपाल सरकारले थप तदारुकता राख्ने विश्वास बैठकले लिएको छ ।'

कान्तिपुर

Link copied successfully