सरकार प्रेस स्वतन्त्रताको पक्षमा छ : सञ्चारमन्त्री गुरुङ

श्रावण १४, २०८१

कान्तिपुर संवाददाता

The government is in favor of freedom of the press: Communications Minister Gurung

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार प्रेस स्वतन्त्रताका पक्षमा रहेको बताएका छन् ।राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्था समितिमा सोमबार मिडिया काउन्सिल विधेयक, २०८० माथिको छलफलका क्रममा मन्त्री गुरुङले उक्त विधेयकमार्फत प्रेस स्वतन्त्रतालाई अकुंश लगाउने सरकारको कुनै नियत नभएको स्पष्ट पारे । 

समितिको बैठकमा उनले उक्त विधेयकको उद्देश्यमाथि प्रकाश पार्दै प्रेस जगतलाई मर्यादित, व्यवस्थित र सुदृढ बनाउन उक्त विधेयक ल्याएको बताए । मन्त्री गुरुङले मन्त्रालय र विभागभन्दा अलग्गै स्वयत्त निकाय सञ्चालनमा ल्याइ प्रेसको नियमन, स्वनियमन, सम्बन्धन र प्रवर्द्धन गर्ने खोजिएको स्पष्ट पारे ।   

'हामी सबैको प्रेस स्वतन्त्रतामा पूर्ण विश्वास छ । हामी सबै प्रतिबद्धता जाहेर गरेर आएका हौँ । मन्त्रालय र सरकार यसका पक्षमा छौँ', उनले भने, 'मन्त्रालयले प्रेस स्वतन्त्रतामाथि अकुंश लगाउने शङ्का छ भने म विश्वस्त तुल्याउन चाहन्छु, हामी सबैको प्रेस स्वतन्त्रतामाथि पूर्ण विश्वास छ । हाम्रो नियतमाथि प्रश्न नउठाउनुहोला ।'

कान्तिपुर

Link copied successfully