कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

डीपी अर्यालले पार्टीको पैसा सिधै आफ्नो खल्तीमा राख्छन् : मुकुल ढकाल

डीपी अर्यालले पार्टीको पैसा सिधै आफ्नो खल्तीमा राख्छन् : मुकुल ढकाल

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका निस्कासित महामन्त्री मुकुल ढकालले पार्टी उपसभापति एवं श्रममन्त्री डीपी अर्यालले पार्टीलाई दिएको पैसा सिधै आफ्नो खल्तीमा राख्ने गरेको आरोप लगाएका छन् ।

पार्टी महामन्त्रीबाट निस्कासित भएपछि बुधबार पत्रकार सम्मेलन गर्दै ढकालले रास्वपाभित्र ठूला आर्थिक अपारदर्शिता रहेको उल्लेख गरे । 'डीपी अर्यालले साथीहरले दिएको पैसा पार्टीलाई नदिइकन सिधै आफ्नो खल्तीमा राख्नुभएको छ,' ढकालले भने, 'दुई साताअघि पनि त्यस्तो भएको छ ।'

कानुनअनुसार पार्टीले ऋण लिन नपाउने प्रावधान रहेको भन्दै आफूले सम्झाउँदा पनि अर्यालले पार्टीको ऋणको नाममा पैसा कारोबार गर्ने गरेको ढकालको आरोप छ । 'आर्थिक पारदर्शिताको कुरा गरिएको छ । आर्थिक हिसाबकिताब क्लियर गर्नुपर्छ । 'डीपी अर्यालले साथीहरुले दिएको पैसा पार्टीलाई नदिइकन सिधै आफ्नो खल्तीमा राख्नुभएको छ,' ढकालले भने,'ऋण भन्दै दुई साताअघि पनि त्यस्तो गर्नुभएको छ ।'

उनले पार्टीसँग रसिदबिना कारोबार नगर्न अनुरोध गरेका छन् । 'आर्थिक हिसाबकिताब पारदर्शी हुनुपर्छ । को व्यक्तिले कति पैसा दियो ? सामान किनबेचबाट कति प्राप्त भयो क्लियर हुनुपर्छ,' ढकालले भने ।

प्रकाशित : असार २६, २०८१ १६:०१
x
×