कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

राष्ट्रको समृद्धि संस्कृतिबाटै सम्भव : पर्यटनमन्त्री तामाङ

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले राष्ट्रको समृद्धि संस्कृतिबाटै सम्भव रहेको बताएका छन् । सांस्कृतिक संस्थानको ५२ औं वार्षिकोत्सवको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संस्कृति समाज रुपान्तरणको सशक्त माध्यम भएको उल्लेख गरे ।

राष्ट्रको समृद्धि संस्कृतिबाटै सम्भव : पर्यटनमन्त्री तामाङ

उनले नेपाल बहुल जातजातिको सांस्कृतिक विविधताले भरिपूर्ण राष्ट्र भएकै कारण संस्कृतिबाटै समृद्धिको आधार निर्माणतर्फ विशेष ध्यानाकर्षण गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संस्कृतिको संरक्षण, संवर्द्धन, प्रवर्द्धन, दस्तावेजीकरण तथा पुस्तान्तरणका लागि राज्यको नीतिलाई प्राथमिकताका साथ कार्यान्वयनलाई जोड दिएको बताए ।

नेपाल र नेपालीको अस्तित्व र पहिचानसँग जोडिएको संस्कृतिजस्तो संवेदनशील विषयलाई संरक्षणतर्फ विशेष ध्यानाकर्षण हुनु जरुरी रहेको उनको भनाइ छ । उनले जातजातिका अमूर्त सांस्कृतिक सम्पदालाई दस्तावेजीकरणसहित विश्व सांस्कृतिक सम्पदामा सूचीकरणका लागि विशेष पहल अपरिहार्य रहेको बताए ।

‘नेपाल बहुल जातजातिको सांस्कृतिक विविधताले भरिपूर्ण राष्ट्र भएकै कारण संस्कृतिबाटै समृद्धिको आधार निर्माणतर्फ विशेष ध्यानाकर्षण गरी नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संस्कृतिको संरक्षण, संवर्द्धन, प्रवर्द्धन, दस्ताबेजीकरण तथा पुस्तान्तरणका लागि राज्यको नीतिलाई प्राथमिकताका साथ कार्यान्वयनलाई जोड दिएको छ,' उनले भने, 'नेपाल र नेपालीको अस्तित्व र पहिचानसँग जोडिएको संस्कृति जस्तो संवेदनशील विषयलाई संरक्षणतर्फ विशेष ध्यानाकर्षण गरी जातजातिका अमूर्त सांस्कृतिक सम्पदालाई दस्तावेजीकरणसहित विश्व सांस्कृतिक सम्पदामा सूचिकरणका लागि विशेष पहल अपरिहार्य छ ।’

मन्त्री तामाङले संस्कृतिलाई पर्यटनसँग जोडेर पर्यटनलक्षित कार्यक्रम र उत्पादनतर्फ विशेष जोड दिनुपर्ने बताए । उनले संस्कृतिका माध्यमबाट आर्थिक समृद्धिको मार्ग निर्माणमा लाग्नुपर्ने बताए ।

प्रकाशित : असार ५, २०८१ १६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×