सरकारले प्रेसको पूरै मुख बन्द गर्न खोजेको छ : कांग्रेस नेता सिटौला

जेष्ठ ९, २०८१

कान्तिपुर संवाददाता

The government is trying to close the entire mouth of the press: Congress leader Sitaula

काठमाडौँ — कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले सिंगो राज्यसत्ता नै कब्जा गर्ने नियत राखेर दाहाल नेतृत्वको सरकार मिडियामाथिको आक्रमणमा उत्रिएकाले कांग्रेस सडकमा जाने बाध्य भएको बताएका छन् ।

‘सिरोहियामाथिको पक्राउ गम्भीर, दुराशयपूर्ण छँदैछ, त्यतिमात्रै होइन, लोकतन्त्र र पूर्ण स्वतन्त्रताको माथिको प्रारम्भिक आक्रमण पनि हो । सरकारले प्रेसको पूरै मुख बन्द गर्न खोजेको छ । सर्वसत्ताबादी अधिनायकवादी चरित्र प्रकट गर्न खोजेको छ । सिंगो राज्यलाई कब्जा गरेर संविधानको मूल मर्ममाथि नै प्रहार गर्न खोजेको छ । यसलाई सिरोहिया सामान्य पक्राउ परेको हो भन्ने रुपमा लिन हुन्न,’ सिटौलाले भने, ‘लोकतन्त्रको माथिको सुनियोजित षड्यन्त्रको रुपमा लिएर त्यहीं ढंगले जनतामाझ पुग्नुपर्छ भन्ने निर्णयमा हामीहरु पुगेका छौं ।’

प्रेसविरुद्ध राज्य प्रतिशोध

कान्तिपुर

Link copied successfully