कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

सरकारले प्रेसको पूरै मुख बन्द गर्न खोजेको छ : कांग्रेस नेता सिटौला

काठमाडौँ — कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले सिंगो राज्यसत्ता नै कब्जा गर्ने नियत राखेर दाहाल नेतृत्वको सरकार मिडियामाथिको आक्रमणमा उत्रिएकाले कांग्रेस सडकमा जाने बाध्य भएको बताएका छन् ।

सरकारले प्रेसको पूरै मुख बन्द गर्न खोजेको छ : कांग्रेस नेता सिटौला

‘सिरोहियामाथिको पक्राउ गम्भीर, दुराशयपूर्ण छँदैछ, त्यतिमात्रै होइन, लोकतन्त्र र पूर्ण स्वतन्त्रताको माथिको प्रारम्भिक आक्रमण पनि हो । सरकारले प्रेसको पूरै मुख बन्द गर्न खोजेको छ । सर्वसत्ताबादी अधिनायकवादी चरित्र प्रकट गर्न खोजेको छ । सिंगो राज्यलाई कब्जा गरेर संविधानको मूल मर्ममाथि नै प्रहार गर्न खोजेको छ । यसलाई सिरोहिया सामान्य पक्राउ परेको हो भन्ने रुपमा लिन हुन्न,’ सिटौलाले भने, ‘लोकतन्त्रको माथिको सुनियोजित षड्यन्त्रको रुपमा लिएर त्यहीं ढंगले जनतामाझ पुग्नुपर्छ भन्ने निर्णयमा हामीहरु पुगेका छौं ।’

प्रकाशित : जेष्ठ ९, २०८१ २१:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?