रविलाई मन्त्रीबाट हटाउन कांग्रेसले सहकारी छानबिनको माग राखेको हो, यो मान्य हुँदैन : ओली
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले सहकारी छानबिनको माग गर्नुका पछाडि रवि लामिछानेले मन्त्रीबाट हटाउने उद्देश्य रहेकोले त्यसको पक्षमा आफ्नो पार्टी नउभिने भन्दै संसदीय दलमा सांसदहरूलाई ब्रिफिङ गरेका छन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![रविलाई मन्त्रीबाट हटाउन कांग्रेसले सहकारी छानबिनको माग राखेको हो, यो मान्य हुँदैन : ओली](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/third-party/kpoli-1052024100212-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
संघीय संसद्को बजेट अधिवेशन सुरू हुनु अघि बसेको एमाले संसदीय दलको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारीको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी र लामिछानले राख्दै आएको अडानको जस्तो भाषा प्रयोग गरे ।
'सरकारी बेथिती छ, रकम हिनामिना भएको छ । कुन सहकारीको स्थिति के छ त्यो सबै थाहा छ। अब सरकारले के गर्ने कदम चाल्नुपर्छ । यसमा थप छानबिन किन आवश्यक पर्यो ?' अध्यक्ष ओलीले भने,'हामीले रविजीको राजीनामा मागेको छैन भन्नुभएको छ (कांग्रेस)। जब समितिले छानबिन समिति बनाएपछि मन्त्रीमा रहन कसरी सक्छ । छानबिन समिति बनाइसकेपछि राजीनामाको खेल खेल्नुहुन्छ ।'
उनले रविलाई डेढ वर्ष खाइदिनुहोस् भन्न जाने, त्यो नमानेपछि फाइल बोकेर हिँडेको बताए । 'यो कांग्रेसको तरिका ठीक छैन । राजनीतिमा यसप्रकारका छुद्र खेल खेल्नुहुनुन । कसैको उजुरी छैन भनेर महान्यायाधिवक्ताले भनेको छ' अध्यक्ष ओलीले भने,' उजुर परेका भरमा छानबिन गर्ने भन्ने हुन्न । यस्तो प्रतिशोधी राजनीति गर्नुहुन्न ।'
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)