कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

मुगुमा अनमीमाथि जातीय विभेदको आरोपमा स्वास्थ्य चौकीका इन्चार्ज पक्राउ

राजबहादुर शाही

मुगु — जिल्ला प्रहरी कार्यालयले जातीय विभेद गरेको आरोपमा स्वास्थ्य चौकीका इर्न्चाजलाई सोमबार पक्राउ गरेको छ । सोरु गाउँपालिका–९ खनायाँ स्वास्थ्य चौकीमा कार्यरत अनमी तुलसा विश्वकर्मामाथि जातीय विभेद गरेको आरोपमा उक्त स्वास्थ्य चौकीका इर्न्चाज सुरजकुमार शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले जानकारी दिए ।

मुगुमा अनमीमाथि जातीय विभेदको आरोपमा स्वास्थ्य चौकीका इन्चार्ज पक्राउ

अनमी तुलसामाथि जातीय विभेद गर्ने सुरजकी आमा झापु शाही र अर्का धनप्रसाद भट्टलाई पक्राउ गरी अनुसन्धानका लागि अदालतमा ७ दिन म्याद थप गरिएको प्रहरी निरीक्षक कार्कीले बताए ।

जातीय विभेदको आरोपमा ३ जनामाथि जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता भएको र तीनै जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दाङ तुल्सीपुर घर भई सोरु गाउँपालिका खनायाँ स्वास्थ्य चौकीमा कार्यरत अनमी विश्वकर्मा स्वास्थ्य इर्न्चाज सुरजको घरमा डेरा गरी बस्दै आएकी थिइन ।

गत वैशाखमा सुरजकी आमा झापुले अनमी तुलसालाई दलित भनेर थाहा पाएपछि जातीय भेदभाव गरेको र डेरा सार्न दबाब दिएको उनीमाथि आरोप लागेको छ ।

सम्बन्धित समाचार

प्रकाशित : पुस १०, २०८० ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×