एनसेल प्रकरणमा छोरीको नाम जोडिएकोबारे प्रधानमन्त्रीले भने : बिचरा ! ऊ कस्ती छे सबैलाई थाहा छ

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेल खरिद-ब्रिक्रीमा प्रकरणमा छोरी गंगा दाहाललाई जोडेर भइरहेका नकारात्मक प्रचारको खण्डन गर्दै यो लोकतन्त्र र गणतन्त्रमाथिकै हमला भएको टिप्पणी गरेका छन् ।

एनसेल प्रकरणमा छोरीको नाम जोडिएकोबारे प्रधानमन्त्रीले भने : बिचरा ! ऊ कस्ती छे सबैलाई थाहा छ

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा मंगलबार सांसदहरूले परिवारका सदस्यहरूको संलग्नताबारे प्रश्न उठाएपछि प्रधानमन्त्री दाहालले जवाफ दिएका हुन् ।

'मेरो परिवारका सदस्य घट्दै गएर अहिले तीन जना रहेका छौं । एउटी छोरी भरतपुर महानगरको मेयर छ । उतै व्यस्त छ । अर्की एउटी छोरी छ । बिचरा ऊ कस्ती छ, त्यो सबैले थाहा पाउनु भएकै छ,' प्रधानमन्त्री दाहालले भने, 'बनाएको छ, उचालेको छ । यो वास्तवमा संविधान सिस्टम र लोकतन्त्र गणतन्त्रमाथि हमला हो । यसमा म क्लियर छु । प्रचण्डलाई नराम्रोसँग ह्युमिलिएट नगरेसम्म र डिप्रेस नबनाएसम्म यो नउल्टिने भयो भन्ने धेरैलाई छ ।'

उनले आफ्नो कुनै गडबडी नरहेकोले यस्ता कुराले आफूलाई केही प्रभाव नपार्ने उनले बताए । 'के भन्ने छ नि...त्यस्ता...लाई चलाएर खै के भन्छन् नि ! म किन त्यस्तालाई चलाउँछुु,' प्रधानमन्त्री दाहालले भने ।

प्रकाशित : पुस ३, २०८० १४:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?