९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

टिकटक बन्द गरेर सरकार उल्टो बाटो हिँड्यो : महामन्त्री थापा

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस महामन्त्री गगन थापाले टिकटक बन्द गरेर सरकार उल्टो बाटो हिँडेको बताएका छन् ।  सोमबार मन्त्रिपरिषद् बैठकले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेसँगै सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै महामन्त्री थापाले भनेका छन्, 'टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो कदम हिँडेको छ।'

टिकटक बन्द गरेर सरकार उल्टो बाटो हिँड्यो : महामन्त्री थापा

महामन्त्री थापाले सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक भए पनि बन्दै गरिनु गलत भएको बताएका छन् । उनले भनेका छन्, 'सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो। यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने नगर्ने भन्दा पनि यो सरकारको नियतको विषय हो। यसमा सरकारको नियत 'अभिव्यक्ति तथा व्यैक्तिक स्वतन्त्रता' लाई कुण्ठित गर्ने देखियो। सरकारले यो कदम सच्चाउनु पर्छ, यसमा किन्तु परन्तु केही पनि चल्दैन।'

सम्बन्धित समाचार

प्रकाशित : कार्तिक २७, २०८० १४:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?