कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१२

भूकम्पका घाइतेको उद्धार र राहतमा सक्रिय रुपमा जुट्न प्रधानमन्त्रीको निर्देशन

घाइतेहरूको उद्धारका लागि शनिबार बिहानै औषधि, स्वास्थ्यकर्मी र हेलिकप्टर पठाउने तयारी भैरहेको हेलो सरकारले जानकारी दिएको छ ।
कान्तिपुर संवाददाता

काठमाडौँ — जाजरकोटमा शुक्रबार राती गएको भुकम्पमा ठूलो मानवीय र भौतिक क्षति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले तीनवटै सुरक्षा निकायलाई उद्दार र राहतमा सक्रिय रुपमा जुट्न निर्देशन दिएका छन् ।

भूकम्पका घाइतेको उद्धार र राहतमा सक्रिय रुपमा जुट्न प्रधानमन्त्रीको निर्देशन

उनले घाइतेहरुको तत्काल राहत र उद्धारका लागि सबै संयन्त्रहरुलाई सक्रिय काम गर्न भनेका छन् । रातीको घटना भएकाले धेरै क्षति भएको हुनसक्न आंकलन छ । घाइतेहको तत्काल उद्धारका लागि सुरक्षाका तीनवटै निकाय परिचालन भएका छन् । घाइतेहरूको उद्धारका लागि शनिबार बिहानै औषधि, स्वास्थ्यकर्मी र हेलिकप्टर पठाउने तयारी भैरहेको हेलो सरकारले जानकारी दिएको छ ।

प्रधानमन्त्री दाहाले उक्त घटनाप्रति दु :ख व्यक्त गरेका छन् । 'जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले गहिरो दुख व्यक्त गर्दै घाइतेहरुको तत्काल उद्धार र राहतका लागि ३ वटै सुरक्षा निकायलाई परिचालित गर्नुभएको छ' प्रधानमन्त्रीको समाजिक सञ्जाल 'एक्स' को पोस्टमा उल्लेख छ ।

जाजरकोट भुकम्पका सबै अपडेटहरु हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रकाशित : कार्तिक १८, २०८० ०४:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?