कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता

काठमाडौँ — चार दिने भारत भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल स्वदेश फर्किएका छन् । शनिबार साँझ ६ बजेपछि प्रधानमन्त्री दाहाल काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता

उनी नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आएका हुन् । चार दिने भ्रमणको क्रममा प्रधानमन्त्री दाहालले भारतसँग ऊर्जा ब्यापार, कार्गो रेल, पारवहन, डिजिटल भुक्तानी प्रणाली लगायतका विषयमा सम्झौता गरेका छन् ।

उनले भारतीय समकक्षी मोदीसहित राष्ट्रपति, उपराष्ट्रपति र अन्य उच्च अधिकारीहरूसँग भेट गरेका थिए ।

प्रधानमन्त्री दाहालले भ्रमणको क्रममा शुक्रबार मध्य प्रदेशको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा १०८ किलो रुद्राक्ष चढाउँदै पूजा समेत गरेका थिए ।

प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणलाई ऐतिहासिक उपलब्धिको रुपमा व्याख्या गरेका छन् । कान्तिपुरका लागि दिएको अन्तर्वार्तामा उनले दीर्घकालीन विद्युत् व्यापारमा धेरै महत्त्वपूर्ण सुरुवात भएको बताएका थिए ।

प्रकाशित : जेष्ठ २०, २०८० १८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?