२० वर्षमा पनि पूरा नहुने योजना ल्याइयो : धवलशमशेर जबरा


काठमाडौँ — राप्रपाका महामन्त्री धवलशमशेर जबराले २० वर्षमा पनि पूरा नहुने योजना एकै वर्षमा पूरा हुनेगरी सरकारले बजेट ल्याएको टिप्पणी गरेका छन् । बजेटको शीर्षक राम्रो भए पनि कार्यान्वयनमा चुनौती रहेको उनले बताए ।


‘बजेट राम्रो छ । सबै पक्षलाई समेट्न खोजिएको छ तर यसलाई कार्यान्वयन गर्न त मुलुक आर्थिक रुपमा सम्पन्न पनि हुनुपर्छ,’ उनले भने, ‘बजेटमा जे व्यवस्था आएको छ केही त २० वर्षमा पनि पूरा हुँदैन ।’
सरकारले कर्मचारीलाई तलब खुवाउन नसकिरहेको बेला महत्वकांक्षी योजना ल्याएको उनको प्रतिक्रिया थियो ।
सोमबार अर्थमन्त्री प्रकाशशरण महतले संसद्मा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गरेपछि विभिन्न दलका नेता तथा सांसदहरूले प्रतिक्रिया दिन थालेका छन् ।
प्रकाशित : जेष्ठ १५, २०८० २१:२०