कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

प्रतिनिधिसभामा १२ दल, राष्ट्रिय पार्टी ७ मात्रै

काठमाडौँ — प्रतिनिधिसभासमा यसपटक १२ दलले प्रतिनिधित्व गर्ने भएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ को प्रत्यक्ष र समानुपातिकतर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै संसद्‌मा प्रतिनिधित्व गर्ने दलको टुंगो लागेको हो ।

प्रतिनिधिसभामा १२ दल, राष्ट्रिय पार्टी ७ मात्रै

परिणामअनुसार नेपाली कांग्रेस पहिलो, नेकपा एमाले दोस्रो, नेकपा माओवादी केन्द्र तेस्रो दल बनेका छन् ।

कांग्रेसले प्रत्यक्षमा ५७ र समानुपातिकतर्फ ३२ सिट जितेको छ । त्यस्तै एमालेले प्रत्यक्षमा ४४ र समानुपातिकमा ३४ सिट पाएको छ । तेस्रो स्थानको माओवादी केन्द्रले प्रत्यक्षमा १८ र समानुपातिकमा १४ सिट पाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी २० सिटसहित चौथो दल बनेको छ । उसले प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ १३ सिट ल्याएको छ । प्रत्यक्षमा ७ र समानुपातिकमा ७ गरी १४ सिट जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी पाँचौं दल बनेको छ ।

प्रत्यक्षतर्फ ७ सिट जितेको जनता समाजवादी पार्टीले समानुपातिकतर्फ ५ सिट जितेको छ भने प्रत्यक्षमा १ सिट जितेको जनमत पार्टीले समानुपातिकतर्फ ५ सिट पाएको छ ।

नेकपा एकीकृत समावादीले प्रत्यक्षतर्फ १० सिट जितेको छ । उसले थ्रेसहोल्ड कटाउन नसक्दा समानुपातिकतर्फ सिट पाएन ।

लोकतान्त्रिक समाजवादी पार्टी ४, नागरिक उन्मुक्ति पार्टी ३, राष्ट्रिय जनमोर्चा १, नेपाल मजदुर किसान पार्टी १ र ५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।

प्रकाशित : मंसिर २०, २०७९ २१:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?