३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५९

लुम्बिनी प्रदेशमा २९ सिटसहित एमाले सबैभन्दा ठूलो दल

२७ सिट प्राप्त कांग्रेस दोस्रो र माओवादी ९ सिटसहित तेस्रो

काठमाडौँ — प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको पनि नतिजा आएको छ । लुम्बिनी प्रदेशमा एमाले सबैभन्दा ठूलो पार्टी भएको छ । प्रत्यक्षतर्फ १८ सिट जित हात पारेको एमालेले समानुपातिकतर्फ ११ सिट प्राप्त गरेको छ ।

लुम्बिनी प्रदेशमा २९ सिटसहित एमाले सबैभन्दा ठूलो दल

त्यस्तै प्रत्यक्षतर्फ १७ सिट प्राप्त गरेको कांग्रेसले समानुपातिकमा १० सिट प्राप्त गरेको छ । दुवै प्रणालीमा गरी एमालेले २९ सिट प्राप्त गर्दा कांग्रेसले २७ सिट प्राप्त गरेको छ ।

त्यस्तै प्रत्यक्षतर्फ ५ सिट प्राप्त गरेको माओवादी केन्द्रले समानुपातिकमा ४ सिट प्राप्त गरेको छ । त्यस्तै प्रत्यक्षतर्फ २/२ सिट जितेका राप्रपा र नागरिक उन्मुक्ति पार्टीले समानुपातिकतर्फ पनि २/२ सिट प्राप्त गरेका छन् । त्यस्तै प्रत्यक्षतर्फ २/२ सिट जित हात पारेका जसपा र लोसपाले भने समानुपातिकतर्फ भने १/१ सिट मात्र पाएका छन् । त्यस्तै प्रत्यक्षतर्फ १ सिट जितेको जनमत पार्टीले समानुपातिकतर्फ २ सिट प्राप्त गरेको छ । प्रत्यक्षतर्फ नतिजाविहीन रहेका नेकपा एस र राष्ट्रिय जनमोर्चाले पनि समानुपातिकतर्फ १/१ सिट प्राप्त गरेका छन् ।

लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ ५२ र समानुपातिकतर्फ ३५ गरी ८७ सांसद निर्वाचित हुन्छन् । लुम्बिनीमा सरकार बनाउन ४४ सिट आवश्यक पर्छ । यदि अहिलेकै सत्तारुढ गठबन्धन कायम हुने हो भने लुम्बिनीमा कांग्रेसको २७, माओवादीको ९, नेकपा एस र जनमोर्चाको १/१ गरी ३८ हुन्छ । सरकार बनाउन सत्तारुढ गठबन्धनलाई ६ सिट अपुग हुन्छ ।

समानुपातिक प्रणालीमा थ्रेसहोल्ड कटाउनका लागि प्रतिनिधिसभामा कुल सदर मतको ३ प्रतिशत र प्रदेशसभामा १.५ प्रतिशत प्राप्त गर्नुपर्नेछ ।

प्रकाशित : मंसिर २०, २०७९ २१:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?