समानुपातिकतर्फको मतगणना सकियो : कसले कति सिट पाए ?

प्रतिनिधिसभामा ३४ सिटसहित एमाले पहिलो, कांग्रेसले पायो ३२ सिट

मंसिर २०, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार मंगलबार साँझ समानुपातिकतर्फ मतगणना सकिएको हो ।

प्रत्यक्षमा ४४ सिट जितेको एमाले समानुपातिकतर्फ सबैभन्दा ठूलो पार्टी बनेको छ । एमालेले समानुपातिकतर्फ ३४ सिट पाउने भएको छ। 

त्यस्तै प्रत्यक्षतर्फ ५७ सिट जितेर पहिलो दल बनेको कांग्रेसले ३२ सिट प्राप्त गरेको छ । त्यस्तै प्रत्यक्षतर्फ १८ सिट जितेर तेस्रो भएको माओवादी केन्द्र समानुपातिकतर्फ पनि तेस्रो भएको छ । माओवादीले समानुपातिकतर्फ १४ सिट पाएको छ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा १३ सिट पाएको छ । प्रत्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टीले ७ सिटमा जित हात पारेको थियो । त्यस्तै प्रत्यक्षतर्फ ७ सिट जितेको राप्रपाले समानुपातिकमा ७ सिट जित हात पारेको छ । त्यस्तै जनमत पार्टी र जसपाले ५/५ सिट समानुपातिकमा पाएका छन् । प्रत्यक्षतर्फ जनमतले १ र जसपाले ७ सिटमा जित हात पारेको छ । 

२७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्षतर्फ र समानुपातिकमा ११० जना निर्वाचित हुन्छन् । 

आमनिर्वाचन २०७९

कान्तिपुर

Link copied successfully