दाहाल र नेपालसँग प्रधानमन्त्री देउवाको छुट्टाछुटै छलफल- समाचार - कान्तिपुर समाचार

दाहाल र नेपालसँग प्रधानमन्त्री देउवाको छुट्टाछुटै छलफल

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिममा रहेको अवस्थामा पाँचदलीय गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री देउवाले सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा देउवाले माओवादी अध्यक्ष दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् । प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले नेताहरूबीच समसामयिक विषयमा छलफल भएको जानकारी दिए । उनले दाहाल र नेपालसँग प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समग्र विषयमा र समसामयिक राजनीतिबारे छलफल गरेको बताए ।

पाँचदलीय गठबन्धनले निर्वाचनमा प्राप्त गरेको परिणामबारे मतगणनाको परिणाम आइसकेपछि समीक्षा गर्ने नेताहरूबीच कुराकानी भएको बताइएको छ ।

सोमबार बिहान मात्रै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेका थिए । उक्त भेटमा पौडेलले आफू प्रधानमन्त्रीको दाबेदार रहेकाले नेपाललाई सहयोग गर्न आग्रह गरेका थिए । नेपालले भने कांग्रेसबाट प्रधानमन्त्रीको उम्मेदवार तय भएर आए सहयोग गर्न तयार रहेको जवाफ दिएका थिए । कोटेश्वरमा पौडेलसँग भेटेपछि नेपालले बालुवाटारमा देउवासँग छलफल गरेका हुन् ।

प्रकाशित : मंसिर १२, २०७९ १२:५३
प्रतिक्रिया
पठाउनुहोस्

ओटुटोलको बसुधारा जेनेभामा

कान्तिपुर संवाददाता

काठमाडौँ — अनुमानित आधा शताब्दीअघि चोरिएको मानिने बसुधारा देवीको काष्ठमूर्ति स्विट्जरल्यान्डको जेनेभास्थित एक निजी कलासंग्रहालयमा लिलामीमा राखेको पाइएको छ ।

चोरिएका वा हराएका नेपाली सम्पदाको पहिचानमा जुटेको ‘लस्ट आर्ट्स अफ नेपाल’ अभियानका अनुसार काठमाडौंमा ओटुटोलस्थित पिन्छे बहामा रहेको गुम्बाबाट यो सम्पदा हराएको थियो । बिक्रीमा राखिएको क्याटलगमा ‘मातृका’ नाम दिएर ज्युरिजको कोलर अक्सनमा यो सम्पदा बिक्रीमा राखिएको छ ।

सत्रौं शताब्दीको सृजना मानिने यो सम्पदाबारे कलाविद् मेरी सेर्फेड स्लसरले सन् ७० को दशकमा लिएको तस्बिर ‘नेपाल मन्डला – अ कल्चरल स्टडी अफ द काठमाडौं भ्याली’ (१९८२) पुस्तकमा प्रकाशित छ ।


प्रकाशित : मंसिर १२, २०७९ १२:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×