कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दार्चुला पुगेर ओलीले भने - 'नेपालले एक इन्च जमिन छाड्दैन'

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको चुनावी अभियानको सुरुवात गर्दै नेपालले आफ्नो एक इन्च जमिन कसैलाई नछाड्ने बताएका छन् । दार्चुलाको सदरमुकाम खलंगामा चुनावी अभियानको पहिलो कार्यक्रममा शुक्रबार अध्यक्ष ओलीले सीमाको विषयमा भारतलाई सानो चित्त नदेखाउन आग्रह गरे ।

दार्चुला पुगेर ओलीले भने - 'नेपालले एक इन्च जमिन छाड्दैन'

'नेपालले आफ्नो एक इन्च जमिन पनि कसैलाई छाड्नेवाला छैन । हामी एक इन्च जमिन पनि मिचिन दिनेवाला छैनौं,' ओलीले भने, 'मिचिएको भए फिर्ता ल्याउँछ । हामीले नक्सा जारी गरेका छौं, संसद्ले‌ सर्वसम्मतीले पारित गरेको छ । आज फेरि ग्यारेन्टी गर्न चाहन्छौं ।'

कार्यक्रममा ओलीले दार्चुलामा बाटो निर्माण गर्नेको विषयमा भारतले झमेला झिकेको बताए । नदी वर सर्दैमा सीमा नसर्ने भन्दै ओलीले भारतलाई सानो चित्त नदेखाउन आग्रह गरेका छन् । ओली प्रधानमन्त्री हुँदा लिम्पियाधुरासहितको भूभाग समेटिएको नक्सा जारी गरेको थियो । चुच्चे नक्साको विषयमा एमालेको निर्वाचनमा प्रमुख एजेन्डाको रुपमा छ ।

एमालेको केन्द्रीय चुनावी अभियान अध्यक्ष ओलीले दार्चुलामा सुरुवात गरेका छन् । उनले शुक्रबार नै बैतडी र कञ्चनपुरको कार्यक्रमलाई सम्बोधन गर्नेछन् । चुनावको अवधीभर अध्यक्ष ओलीले ४० जिल्लामा सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रकाशित : कार्तिक १८, २०७९ १५:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?