एमाले अध्यक्ष ओली र अमेरिकी राजदूत थम्प्सनबीच भेटवार्ता

कार्तिक १७, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई अमेरिकी नवनियुक्त राजदूत डिन थम्प्सनले बिहीबार भेटेका छन् । ओलीलाई भेट्न थम्प्सन ओली निवास बालकोट पुगेका थिए । 

भेटवार्तामा अमेरिका र नेपालले सामना गर्नु परेका साझा चुनौतीको बारेमा कुरा भएको अमेरिकी राजदूतावासले जनाएको छ । साथै, उनीहरुबीच नेपाल र अमेरिका बीचको ७५ वर्षको महत्वपूर्ण सम्बन्ध र यसको निरन्तरताबारे पनि छलफल भएको थियो । 

कान्तिपुर

Link copied successfully