रुपन्देही- २ का राजु गुरुङको उम्मेदवारी खारेज

कान्तिपुर संवाददाता

काठमाडौँ — रुपन्देही निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीबाट उम्मेदवारी दिएका राजु गुरुङको उम्मेदवारी खारेज भएको छ । सर्वोच्च अदालतको शुक्रबारको फैसला अनुसार गुरङको उम्मेदवारी खारेज भएको हो ।

रुपन्देही- २ का राजु गुरुङको उम्मेदवारी खारेज

जिल्ला निर्वाचन अधिकृतको कार्यालयले एकीकृत समाजवादीका राजु गुरुङ कालो सूचीमा परेको भन्दै उनको उम्मेदवारी खारेज गरिदिएपछि गुरुङले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्चले उनको रिटमा सुनुवाइ गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । उक्त मुद्दाको न्यायाधीशद्वय ईश्वरी प्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले उम्मेदवारी खारेजीको निर्णयलाई सदर गरिदिएको हो ।

सर्वोच्च अदालतको आदेशमा भनिएको छ, 'निवेदक राजु गुरुङमा कायम रहेको अयोग्यता निजमा कायम रहेको देखदिँदा निजले प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा उम्मेदवार हुन पाउने अवस्था देखिएन । कालो सूचीमा नाम कायम रहेका व्यक्तिले उल्लिखित निर्वाचनमा उम्मेदवार हुन नपाउने भएकाले निवेदन माग बमोजिम अन्तरिम आदेश जारी गर्न मिलेन । तसर्थ यस अदालतबाट मिति २०७९ असोज ३० मा जारी भएको अल्तकालीन अन्तरिम आदेशलाई निरन्तरता परिरहन परेन । अरु कानुन बमोजिम गर्नू,'

गुरुङसँगै रुपन्देही क्षेत्र नं २ मा नै उम्मेदवारी दिएका कमल भुसालको पनि उम्मेदवारी निर्वाचन आयोगको कार्यालयले खारेज गरेको थियो । त्यसविरद्ध भुसालले सर्वोच्चमा रिट दिए पनि सर्वोच्चले अन्तरिम आदेश दिएको छैन । यद्यपि सर्वोच्चले कारणसहित थप छलफलका लागि दुवै पक्षलाई कात्तिक १५ गते बोलाएको छ। सोही निर्वाचन क्षेत्रमा नेकपा एमालेबाट भने उपाध्यक्ष विष्णु पौडेलको उम्मेदवारी परेको छ ।

रुपन्देही-२ का उम्मेदवार राजु गुरुङको मुद्दा हेर्न नभ्याइनेमा

प्रकाशित : कार्तिक ४, २०७९ १७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?