कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

शंखमूल घाटमा चिना जलाएर जोशीको अन्त्येष्टि

कान्तिपुर संवाददाता

काठमाडौँ — वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीको शंखमूलस्थित वाग्मती किनारमा रहेको घाटमा जन्मकुण्डली (चिना) जलाएर अन्तिम संस्कार गरिएको छ ।स्व. जोशीका दुई छोराहरु अनुराज जोशी र डा. पूर्णराज जोशीले चिना जलाएका हुन् ।

शंखमूल घाटमा चिना जलाएर जोशीको अन्त्येष्टि

स्व. जोशीको आत्मकथाका लेखक गिरीश गिरीले चिना जलाउँदै गरेको तस्बिर सार्वजनिक गर्दै त्यसबेला सो स्थानमा आफू र दुई जोशी दाजुभाइ मात्रै पुगेको पनि बताएका छन् । उनले जोशीको चिना पक्का किसिमको पुरानो कागजमा लेखिएको हुनाले बल्न केही समय लागेको र त्यो जलिसकेपछि खरानी वाग्मतीमा सेलाइएको उल्लेख गरेका छन् ।

उनका अनुसार जोशीका पुरोहितले शरीरको दान गरिसकेकाले स्व. जोशीको अन्तिम संस्कारका कार्यहरु सम्पन्न गर्न चिना जलाए पनि हुने बताएपछि सोहीअनुसार गरिएको हो ।

संस्कृतिविद् सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा आइतबार बिहान निधन भएको थियो । ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत जोशीको आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएको अस्पतालका निर्देशक सुरज बज्राचार्यले जानकारी दिएका थिए । स्वास्थ्यमा समस्या देखिएपछि असोज ७ गतेदेखि भर्ना भएर उपचार भइरहेको थियो । पछिल्लो समय स्वास्थ्यमा थप प्रतिकूलता देखिएपछि उनलाई सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार गरिँदै थियो ।

संस्कृतिविद् सत्यमोहन जोशीको पार्थिव शरीर चिकित्सा शिक्षा अध्ययनका लागि किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताललाई प्रदान गरिने छ । जोशीको इच्छा अनुसार नै उनको पार्थिव शरीर अस्पताललाई दिइएको ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले जानकारी दिएका हुन् ।

उनको पार्थिव शरीरलाई ललितपुर महानगरपालिका ४ बजेसम्म श्रद्धाञ्जलीका लागि राखेर त्यसपछि अस्पताललाई हस्तान्तरण गरिएको हो ।

प्रकाशित : आश्विन ३०, २०७९ २२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?