२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

न्युजिल्यान्ड पुग्ने पहिलो नेपाली

आश्विन ३१, २०७९

न्युजिल्यान्ड पुग्ने पहिलो नेपाली थिए, संस्कृतिविद् सत्यमोहन जोशी । उनी सन् १९५३ जुन ४ मा न्युजिल्यान्ड पुगेका थिए । संयोग त्यतिखेरै जुर्‍यो जतिखेर न्युजिल्यान्डकै नागरिक सर एडमन्ड हिलारी र न...

जोशीलाई ‘राष्ट्रिय सम्मान’ दिइने

उपचारका क्रममा आइतबार बिहान निधन भएका वाङ्‍मय शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीलाई ‘राष्ट्रिय सम्मान’का साथ बिदाइ गरिने भएको छ । गृहमन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जोशीको पार्थिव शरीर ललितपुर महानगरपालिका परिसरमा राखेर नेपाल प्रहरीको एक टुकडीले शोक सलामी दिने निर्णय भएको बताए ।  

अन्तिम श्रद्धाञ्जलीपछि जोशीको शरीर अस्पताललाई हस्तान्तरण गरिने

संस्कृतिविद् सत्यमोहन जोशीको पार्थिव शरीर चिकित्सा शिक्षा अध्ययनका लागि किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताललाई प्रदान गरिने भएको छ । जोशीको इच्छा अनुसार नै उनको पार्थिव शरीर अस्पताललाई दिइने ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले जानकारी दिएका छन् ।

जोशीको निधनले मुलुकले अभिभावक गुमाएको पीडाबोध भएको छ : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले संस्कृतिविद् सत्यमोहन जोशीको निधनप्रति दुःख व्यक्त गर्दै मुलुकले अभिभावक गुमाएको पीडाबोध भएको बताएकी छन् । राष्ट्रपति भण्डारीले जोशीको निधनप्रति दुःख व्यक्त गर्दै श्रदाञ्जली जनाएकी छन् । 

‘त्यतिबेला बाहिरबाट जुम्ला जाने मान्छे सरकारी कर्मचारी हुन्थे’

त्यतिबेला जुम्ला सदरमुकाम खलङ्गामा अवस्थित शिलालेखमा कोरिएको जानकारीअनुसार जुम्लादेखि काठमाडौको हनुमानढोका ९६ कोश टाढा थियो । तर सामान्य जनताका निम्ति बाह्य संसारबाट जुम्ला पुग्ने सबैभन्दा छोटो बाटो नेपालगन्जबाट पैदल उकालो लाग्नु थियो ।

संस्कृतिविद् जोशीको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

प्रधानमन्त्री शेरबहादुर देउवाले शतब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति दुःख व्यक्त गरेका छन् । आइतबार सामाजिक सञ्जाल ट्विटरमार्फत प्रधानमन्त्री देउवाले शताब्दी पुरुष  जोशीको निधनको खबरले आफू दुःखी भएको भन्दै उनले नेपाली संस्कृतिको क्षेत्रमा गरेको योगदान राज्यले सधैं सम्झिरहने बताए ।

संस्कृतिविद् सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन

संस्कृतिविद् सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत जोशीको आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएको अस्पतालका निर्देशक सुरज बज्राचार्यले जनाएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि असोज ७ गतेदेखि भर्ना भएर उपचार भइरहेको थियो । पछिल्लो समय स्वास्थ्यमा थप प्रतिकूलता देखिएपछि उनलाई सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार गरिँदै थियो ।

संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक : किस्ट अस्पताल

संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा सुधार नभएको किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले जनाएको छ । शुक्रबार साँझ अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यले विज्ञप्ति जारी गर्दै जोशीलाई पुरानो रोगले ग्रसित पारेका कारण औषधिले काम नगरेको जनाएका छन् ।

सत्यमोहन जोशीको स्वास्थ्य अवस्था जटिल

संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्य अवस्था जटिल रहेको छ । १०३ वर्षीय जोशीको स्वास्थ्यमा समस्या देखिएपछि असोज ७ गते ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् । पछिल्लो समय स्वास्थ्यमा थप प्रतिकूलता देखिएपछि अहिले सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार भइरहेको छ ।

सत्यमोहन जोशी आईसीयूमा

शताब्दी पुरुष सत्यमोहन जोशीलाई ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालको आईसीयूमा सारिएको छ । १०३ वर्षीय जोशीको स्वास्थ्यमा समस्या देखिएपछि असोज ७ गतेदेखि उक्त अस्पतालको उपचार भइरहेकोमा पछिल्लो समय स्वास्थ्यमा थप प्रतिकूलता देखिएपछि अहिले सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार भइरहेको छ ।

सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार

ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका छन् ।

६० जनालाई ‘सत्यमोहन जोशी शताब्दी पदक’

नेपाली भाषा, साहित्य, कला, पत्रकारितालगायतका क्षेत्रमा सक्रिय ६० जनालाई ‘सत्यमोहन जोशी शताब्दी पदक’ प्रदान गरिने भएको छ ।

‘सत्यमोहन’लाई उत्तम–शान्ति पुरस्कार

पत्रकार गिरिश गिरीले लेखेको संस्कृतिविद्‍ सत्यमोहन जोशीको जीवनीमा आधारित कृति ‘सत्यमोहन’लाई यस वर्षको उत्तम–शान्ति पुरस्कार प्रदान गरिएको छ ।

संस्कृतिविद् जोशीको १०३औं जन्मदिन

संस्कृतिविद् एवं वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको १०३औँ जन्मदिन शुक्रबार परिवारिक रुपमा मात्र मनाएका छन् ।

सप्रसंग सत्यमोहन

त्यसो त जीवन र मृत्यु सँगसँगै हिँड्छन् । मृत्युभन्दा जीवन अगाडि हिँड्दासम्म केही फरक पर्दैन, तर जीवनभन्दा मृत्यु एक कदम अगाडि हिँड्नासाथ मान्छेको कथामा पूर्णविराम लाग्छ । मान्छेको मात्रै होइन, चराचर जगत्का सम्पूर्ण प्राणीहरूको कथामा पूर्णविराम लाग्छ ।

सत्यमोहन : शताब्दी लामो समयको चित्र 

एक सय दुई वर्षे संस्कृतिविद् सत्यमोहन जोशी शुक्रबार मध्यान्हमा पाटन दरबार स्क्वायरमा रहेको पाटन संग्राहलयको भित्री चोकमा भेटिए । हालैमात्र बिरामीबाट तंग्रिएका जोशीको जोस उनको अनुहारमा मुर्झाएजस्तो देखिए पनि एक सतक भन्दा बढीको समयमा उनले भोगेको समयको चित्र समेटिएको आत्मवृतान्त 'सत्यमोहन'को विमोचनमा उनी हर्षित देखिए । 

साहित्यकार न्यौपाने र संस्कृतिविद् श्रेष्ठलाई धवल पुरस्कार

नेपालकै पहिलो सार्वजनिक पुस्तकालय धवल पुस्तकालयले स्थापना गरेको ‘धवल पुरस्कार’ साहित्यकार नीलकण्ठ न्यौपाने र ‘धवल सिर्जना पुरस्कार’ निर्मल श्रेष्ठको पुस्तक 'सांस्कृतिक नगर तानसेन'लाई शनिबार प्रदान गरिएको छ ।

संस्कृतिविद् जोशी अस्पतालबाट घर फिर्ता

स्वास्थ्यमा सुधार आएपछि संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशी उपचार गरी अस्पतालबाट घर फर्किएका छन् ।   

'सत्यमोहन' प्रकाशन हुँदै

संस्कृतिविद्‍ सत्यमोहन जोशीको आत्मकथा प्रकाशन हुने भएको छ । १०२ वर्षीय जोशी अस्वस्थ भई अस्पताल भर्ना भएका बेला उनको आत्मकथा प्रकाशनको अन्तिम तयारीमा पुगेको बताइएको छ ।