कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
आमनिर्वाचन २०७९

सबैभन्दा बढी क्षेत्रमा उम्मेदवारी दिने दल राप्रपा

९२९ क्षेत्रमा स्वतन्त्र उम्मेदवारी
कान्तिपुर संवाददाता

काठमाडौँ — आगामी मंसिर ४ मा हुने निर्वाचनमा प्रतिनिधिसभातर्फ सबैभन्दा बढी स्थानमा राप्रपाले उम्मेदवारी दिएको छ । प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये राप्रपाले १४१ क्षेत्रमा उम्मेदवारी दिएको छ ।

सबैभन्दा बढी क्षेत्रमा उम्मेदवारी दिने दल राप्रपा

आइतबार राति ९ बजेसम्मको विवरण अनुसार एमालेले १३९ क्षेत्रमा, कांग्रेसले ९१ क्षेत्रमा, माओवादी केन्द्रले ४५ स्थानमा उम्मेदवारी दिएका छन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले १३१ स्थानमा उम्मेदवारी दर्ता गराएको छ । लोकतान्त्रिक समाजवादी पार्टीले ५२ स्थानमा र जनता समाजवादी पार्टीले ८० क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ।

यसैबीच, ९२९ क्षेत्रमा स्वतन्त्र उम्मेदवारी परेका छन् ।

प्रकाशित : आश्विन २३, २०७९ २१:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?