कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

लोसपाले प्रतिनिधिसभाका ८ र प्रदेशसभाका १६ सिट लिने सहमति

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्ता गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रतिनिधिसभाका ८ र प्रदेशसभातर्फ १६ सिट पाउने भएको छ । शनिबार बिहानदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको नेपाली कांग्रेस र लोसपाका नेताहरुबीचको छलफलले लोसपाले प्रतिनिधिसभाका ८ सिट र प्रदेशसभाका १६ सिट लिने गरी सहमति जुटाएको हो ।

लोसपाले प्रतिनिधिसभाका ८ र प्रदेशसभाका १६ सिट लिने सहमति

कुन-कुन क्षेत्र लिने भनेर अझै छलफल जारी रहेको लोसपाका नेता लक्ष्मणलाल कर्णले जानकारी दिए ।

'गठबन्धनमा हामीले प्रतिनिधिसभाका ८ र प्रदेशसभाका १६ सिट लिने सहमति भएको छ । हामीले रोजेर सिट लिन्छौं, बाँकी उहाँहरुले उम्मेदवार उठाउनुहुन्छ,' नेता कर्णले भने ।

गठबन्धनमा लोसपासहित कांग्रेसले प्रतिनिधिसभाका ९८ सिट पाएको थियो । लोसपालाई ८ सिटमा मनाएपछि कांग्रेसको भागमा ९० सिट परेको छ ।

गठबन्धनमा नेकपा माओवादी केन्द्रले ४७, नेकपा एकीकृत समाजवादीले १९ र राष्ट्रिय जनमोर्चाले २ सिट लिएर सहमति भइसकेको छ ।

प्रकाशित : आश्विन २२, २०७९ २०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?