कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

नेपालमा ३० प्रतिशत फोहोर नदी किनारमा विसर्जन

काठमाडौँ — नेपालका सहरी क्षेत्रमा उत्पादन हुने फोहारमध्ये ३० प्रतिशत नदी किनारमा विसर्जन हुने गरेको पाइएको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको फोहोर मैलासम्बन्धीको लेखा प्रतिवेदनअनुसार देशभरबाट उत्पादन हुने १० लाख टन फोहोरमध्ये ३ लाख १५ हजार ६९ टन फोहोर नदी किनार तथा बगर क्षेत्रमा विसर्जन हुने गरेको पाइएको हो ।

नेपालमा ३० प्रतिशत फोहोर नदी किनारमा विसर्जन

सहरी क्षेत्रहरुमा मात्रै नेपालमा वार्षिक १० लाख टन फोहोर उत्पादन हुने प्रतिवेदनमा जनाइएको छ । उत्पादित फोहोरमध्ये ३ लाख ८६ हजार ६ सय ९० टन आवासीय क्षेत्रबाट, २ लाख ४५ हजार ८७४ टन व्यापारिक क्षेत्रबाट उत्पादन हुने गरेको छ । शैक्षिक संस्थाबाट उत्पादन हुने फोहोरको मात्रा १ लाख ३ हजार २ सय ४४ टन रहेको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, स्वास्थ्य क्षेत्रबाट उत्पादन हुने फोहोरको मात्रा १ लाख १ हजार ५ सय ७ टन छ । ‍‍औद्योगिक क्षेत्रबाट ९४ हजार ३ सय ९२ टन र अन्य क्षेत्रबाट ६६ हजार २ सय २० टन फोहोर निष्कासन हुने गरेको विभागले निकालेको प्रतिवेदनमा उल्लेख छ ।

कूल उत्पादित फोहोरमध्ये ३ लाख ८९ हजार ९ सय ८३ टन ल्यान्डफिल साइटमा जम्मा हुने गर्छ । २२ हजार ७५ टन फोहोर दहन हुने गरेको छ ।

प्रतिवेदनअनुसार पुन:चक्रीय रूपमा उपयोगमा जाने फोहोरको मात्रा ८ हजार ६ सय ९० टन रहेको छ । प्रतिवेदनमा पुन:प्रयोग हुने फोहोरको मात्रा धेरै कम रहेको प्रतिवेदनमा उल्लेख छ ।

बिर्तामोडका अस्पतालको हेलचेक्य्राइँ : बिरिङ खोलामा बगाउँछन् फोहोर

अध्ययनले नेपालका स्थानीय, प्रदेशिक तथा संघीय तहमा समेत फोहोर मैला सम्बन्धी तथ्यांकहरु अन्तर्राष्ट्रिय मापदण्डअनुसार तथा सिस्टम अफ इन्भारोन्मेन्टल इकोनोमिक एकाउन्टिङ (एसईईए) ढाँचा अनुरुप नरहेको समेत देखाएको छ ।

प्रतिवेदनले फोहोरमैला व्यवस्थापनको मुद्दा जटिल विषय रहेको जनाउँदै उत्पादन विन्दुमा फोहोरमैलाको मात्रा घटाउँदै, त्यसको पुन:प्रयोग तथा चक्रीय उपयोग गर्दै उचित व्यवस्थापन गर्नुपर्ने औंल्याएको छ ।

यस्तै, जनस्वास्थ्य सुरक्षा, तथा जल, वायु एवं भू–प्रदूषणको रोकथामलगायत महत्त्वपूर्ण प्राकृतिक स्रोत साधानमा पर्ने अत्यधिक चाप कम गर्न समेत फोहोर मैलामा विद्यमान उपयोग योग्य वस्तुको यथासम्भव पुन:प्राप्ति गरी पुन:प्रयोग वा चक्रीय उपयोग गरी व्यवस्थापन गर्न प्रतिवेदनले सुझाव दिएको छ ।

प्रकाशित : आश्विन ४, २०७९ १६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?