१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

कार्यदल संयोजक भुसाल भन्छन् : मिटरब्याजी सुदखोरबारे अनुसन्धान सुरू भइसक्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारी कार्यदल र नवलपरासीका मिटरब्याजी सुदखोर पीडितहरूबीचको वार्ता बिनानिष्कर्ष टुंगिएको छ । कार्यदलले प्रमाण संकलन र अनुसन्धान अगाडि बढाउने आश्वासन दिँदै घर फर्किन आग्रह गरेको छ । सरकारी कार्यदलका संयोजक गृह मन्त्रालयका सहसचिव भीष्म भुसालले पीडितहरूका कुरा सुनेपछि शुक्रबारबाटै अनुसन्धानसमेत सुरु भइसकेको बताए ।

कार्यदल संयोजक भुसाल भन्छन् : मिटरब्याजी सुदखोरबारे अनुसन्धान सुरू भइसक्यो

‘उहाँहरूले बताएअनुसार समस्या एकदमै जटिल छ । हामीले उहाँहरूको समस्याको संवेदनशीलता बुझेर काम गर्ने प्रतिबद्धता जनाएका छौँ,’ भुसालले भने, ‘यो अपराध हो, हामीले सबै प्रक्रियाहरू सार्वजनिक गर्ने कुरा हुदैन । तर, हामीले आजैदेखि प्रमाण संकलन थालिसकेका छौँ । अर्को हप्ता फिल्डमै जान्छौँ, र अनुसन्धान गर्छौँ ।’

उनले कार्यदलले काम थालिसकेको भन्दै पीडितहरूलाई आफूले घर जान आग्रह गरेको बताए ।

पश्चिम नवलपरासीका मिटरब्याजीबाट पीडित ७३ जनाले ९ दिनअघि काठमाडौंको माइतीघरमा धर्ना दिइरहेका छन् । त्यसबारे विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएपछि शुक्रबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाँणसहित सुरक्षा अधिकारीहरूलाई बोलाएर मिटरब्याजी सुदखोर पीडितहरूको विषयमा अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका थिए ।

त्यसपछि शुक्रबारै गृहमन्त्री खाँणले मन्त्रालयका सहसचिव भीष्म भुसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका हुन् । लगत्तै शुक्रबारै कार्यदलले पीडितहरूलाई सिहंदरबारमा बोलाएर वार्ता गरेको हो ।

सम्बन्धित समाचार

प्रकाशित : श्रावण २७, २०७९ १७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?