संसदीय छानबिन विशेष समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस [पूर्ण पाठसहित]

श्रावण १३, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति अर्थ मन्त्रालयमा प्रवेश गराई कर र भन्सारका दर हेरफेर गरेको आरोपको छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको प्रतिवदन प्रतिनिधिसभामा पेस भएको छ । 

समितिका सभापति लक्ष्मणलाल कर्णले समितिको प्रतिवेदन शुक्रबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा पेस गरेका हुन् । 

बजेट निर्माणसँग सम्बन्धित कागजात मगाइएर अध्ययन गरिएको, सम्बन्धित अधिकारीहरूसँग छलफल गरिएको, सीसीटीभीको सिस्टम नै मगाएर रिकभर गरिएको लगायतका काम गरेर प्रतिवेदन तयार गरिएको कर्णले जानकारी दिए । 

समितिको १७ दिने कार्यावधिमा २३ बैठक बसेर ७५ घण्टा काम गरिएको सभापति कर्णले जानकारी दिए ।

 संसदीय छानबिन समिति प्रतिवेदनको पूर्ण पाठ 

अर्थमन्त्री शर्मा प्रकरण

कान्तिपुर

Link copied successfully