कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एसपीपी सम्झौता हुँदैछ भनेर दुष्प्रचार गरियो : दाहाल

काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) नेपालले कुनै सम्झौता नगर्ने बताएका छन् । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा रितबहादुर खड्काको स्मृति दिवसलाई सम्बोधन गर्दै दाहालले अहिले राष्ट्रवादको झुटो प्रचार गरेको बताएका छन्

एसपीपी सम्झौता हुँदैछ भनेर दुष्प्रचार गरियो : दाहाल

'एसपीपी सैनिक सम्झौता हुँदैछ रे भनेर प्रचार गरिएको छ । त्यस्तो कुनै सम्झौता भएको छैन, त्यस्तो कुनै सम्झौता हुने छैन भनेर म यहाँबाट घोषणा गर्न चाहन्छु,' दाहालले भने । एसपीपी सम्झौता कार्यान्वयन गर्ने काम बरु २०१९ मै केपी शर्मा ओलीकै सरकारका पालामा भएको तथ्यहरू बाहिर आएको पनि दाहालले बताएका छन् ।

'केपी ओलीले उक्त सम्झौता गरिसकेको तथ्य इतिहासमा छ, यो कुरा हामीले बुझ्नुपर्छ । यो गठबन्धन त्यस्तो कुरामा लाग्दैन । हामी नेपालको राष्ट्रिय स्वाधिनता र नेपालको विकास र समृद्धिका पक्षमा दृढताका साथ उभिन्छौँ,' उनले भने ।

गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि कुनै सैन्य सम्झौता नहुने प्रतिबद्धता जनाएको दाहालले बताए । रितबहादुर खड्काको बलिदानले अहिलेको परिवर्तन सम्भव भएको पनि उनको भनाइ थियो । खड्काको त्याग र बलिदानको उच्च कदर गर्दै पार्टी अगाडि बढ्नुपर्ने पनि उनले बताए ।

तत्कालीन नेकपा माओवादीका केन्द्रीय सदस्य रहेका रितबहादुर खड्कालाई २०५९ साल असार २ गते रौतहटमा प्रहरीले नियन्त्रणमा लिई हत्या गरेको थियो । खड्का माओवादीका नेताद्वय देवी खड्का र विशाल खड्काका दाजु हुन् ।

सम्बन्धित समाचार

प्रकाशित : असार २, २०७९ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?