नेपाली नागरिकको उद्धारमा भारतले सघाउने - समाचार - कान्तिपुर समाचार
रुस–युक्रेन तनाव

नेपाली नागरिकको उद्धारमा भारतले सघाउने 

कान्तिपुर संवाददाता

काठमाडौँ — रुसले युक्रेनमाथि आक्रमण गरेपछि युक्रेनमा रहेका नेपालीलाई अन्य मुलुक हुँदै नेपाल फर्काउन भारतले सघाउने भएको छ । नयाँदिल्लीस्थित नेपाली राजदूतावासको आग्रहमा भारतले युक्रेनको सीमा क्षेत्रबाट हंगेरी, रोमानिया, स्लोभाकिया र पोल्यान्डमा पुगेका नेपालीहरूलाई घर फर्काउनको लागि सघाउने पुर्‍याउने भएको हो । 

युक्रेनमा थप युद्ध चकर्ने भएपछि नेपालले दिल्ली राजदूतावासमार्फत ४ दिन अघि नै सहयोग गरिदिन भारतलाई आग्रह गरेको थियो । नेपालको आग्रहअनुसार भारतले नेपाली नागरिकहरूलाई पनि उद्धार गरिदिने भएको हो ।

दिल्लीस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत रामप्रसाद सुवेदीका अनुसार दूतावासको आग्रह गरेको र भारतले युक्रेनबाट हंगेरी, रोमानिया, स्लोभाकिया र पोल्यान्डमा पुगेका नेपाली नागरिकहरुलाई उद्धार गरिदिन लागेको हो ।

‘ती क्षेत्रमा हाम्रो राजदूतावास छैनन् । नेपालको जर्मनीस्थित नेपाली राजदूत रामकाजी खड्का पनि नेपालीहरु भएको क्षेत्रमा पुग्नु भएको छ,’ कार्यवाहक राजदूूत सुवेदीले कान्तिपुरसँग भने ।

उनले ती मुलुकहरुमा युक्रेनबाट आएका नेपालीहरुलाई भारतीय समुदाय भएको स्थानमा बस्न पनि आग्रह गरिएको बताए । उनका अनुसार हालसम्म भारतले ६ हजारभन्दा बढी नागरिकहरुलाई उद्धार गरिसकेको छ ।

सुवेदीले अफगानिस्तानबाट नेपालीहरुको उद्धार गर्दा जस्तै यस पटक पनि त्यहि अनुसार उद्धारको कार्य भएको बताए ।

प्रकाशित : फाल्गुन १९, २०७८ १७:०४
प्रतिक्रिया
पठाउनुहोस्

व्याख्यात्मक घोषणाको नाममा जनतामाथि भ्रम छरियो : महासचिव पोखरेल

कान्तिपुर संवाददाता

गोदावरी — नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले एमसिसीको व्याख्यात्मक घोषणाले जनतामाथि भ्रम छरेको आरोप लगाएका छन् ।

प्रेस चौतारी नेपाल कैलाली शाखाद्वारा बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले उक्त घोषणाले जनतालाई भ्रमित बनाएको र यसको कुनै अर्थ पनि नरहेको उल्लेख गरे ।

महासचिव पोखरेलले सभामुख अग्नि सापकोटा राजनीतिक पूर्वाग्रही बनेको आरोप लगाए ।

प्रकाशित : फाल्गुन १९, २०७८ १६:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×