कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

प्रधानमन्त्री देउवा–दाहाल वार्ता, एमसीसीमा जुटेन सहमति

कान्तिपुर संवाददाता

काठमाडौँ — एमसीसीको संसदीय प्रक्रिया तत्कालका लागि रोक्न प्रधानमन्त्री शेरबहादुर देउवाले अस्विकार गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गरेको आग्रहलाई प्रधानमन्त्री देउवाले मान्न नसकिने बताएका हुन् ।

प्रधानमन्त्री देउवा–दाहाल वार्ता, एमसीसीमा जुटेन सहमति

माओवादी केन्द्रका अध्यक्ष दाहाल बिहीबार बिहान प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएका थिए । भेटमा दाहालले तत्कालका लागि एमसीसीको संसदीय प्रक्रिया रोक्न प्रधानमन्त्रीसँग आग्रह गरेका थिए ।

'अध्यक्षले प्रधानमन्त्रीलाई एमसीसी निर्णय प्रकियामा लैजानबाट रोक्न आग्रह गर्नुभएको थियो । जवाफमा प्रधानमन्त्रीले भोट हाल्ने भए हाल्नु । एमसीसी अनुमोदनको प्रक्रिया रोकिँदैन भन्नुभयो, ' अध्यक्ष दाहाल र प्रधानमन्त्री देउवाबीचको कुराकानी उदृत गर्दै दाहालको सचिवालयका एक सदस्यले भने ।

प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी अगाडि बढाउने पक्षमा छन् । प्रधानमन्त्रीले भेटमा दाहालमार्फत सत्ता गठबन्धनले एमसीसीका पक्षमा भोट हाल्न आग्रह गरेको सचिवालयले जनाएको छ । माओवादी भने आफ्नो अडानमा यथावत भइ पूर्ववत् निर्णयमै रही एमसीसीको विपक्षमा रहने समेत दाहालको सचिवालयले बतायो ।

आजै संसद्‌मा एमसीसीमाथि छलफल हुँदैछ ।

प्रकाशित : फाल्गुन १२, २०७८ १२:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?