एमसीसी प्रक्रियाबाटै टुंगिन्छ, सत्ता गठबन्धन टुट्दैन : दाहाल

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सत्ता गठबन्धन नटुट्ने बताएका छन् । 

एमसीसी प्रक्रियाबाटै टुंगिन्छ, सत्ता गठबन्धन टुट्दैन : दाहाल

सोमबार सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा पुगेका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसँगको भेटपछि सञ्चारकर्मीहरुसँग बोल्दै अध्यक्ष दाहालले यस्ते बताएका हुन् ।

नेता पौडेलसँगको भेटमा सत्ता गठबन्धन नटुट्ने र एमसीसी प्रक्रियाबाट टुंगिने बताएको जानकारी दाहालले दिए । बैठकमा नेता पौडेलले एमसीसीको समस्या समाधान गर्न र गठबन्धन बचाउन आग्रह गरेको पनि अध्यक्ष उनले बताए ।

अध्यक्ष दाहालले भने, ‘उहाँले अरु कुरा होइन, यो गठबन्धन पनि बचाउनु पर्छ, एमसीसी पनि समस्या समाधान हुनुपर्‍यो भन्ने लाइनबाट भन्नुभएको थियो । मैले गठबन्धन बच्छ, एमसीसी त अब प्रक्रियाबाट टुंगिन्छ भने त्यही हो ।’

नेता पौडेलले आज नै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसाग समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल गरेका थिए ।

प्रकाशित : फाल्गुन ९, २०७८ १७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?