कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित

धनराजले २ मतले गच्छदारलाई पराजित गरे
प्रकाश धौलाकोटी

काठमाडौँ — कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् । कांग्रेसको इतिहासमा उनीहरू नै पहिलो निर्वाचित उपसभापति हुन् ।

कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित

खड्का र गुरुङले ७ उम्मेदवारमध्ये सबैभन्दा धेरै २१२१ मत पाएर विजयी भएका छन् । यस्तै धनराज गुरुङले १९०८ मत प्राप्त गर्दै विजयी भएका छन् । विजयकुमार गच्छदारले भने १९०६ मत प्राप्त गरेका झिनो मतअन्तरले पराजय भोगेका छन् ।

यस्तै चन्द्र भण्डारीले १५८०, सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत प्राप्त गरेका छन् ।

खड्का निवर्तमान महामन्त्री हुन् । गुरुङ केन्द्रीय सदस्य थिए । खड्का देउवा प्यानलबाट जितेका हुन् । खड्का पटक-पटक मन्त्री भएका देउवाका निकट सहयोगी नेता हुन् । गुरुङ नेविसंघबाट राजनीतिमा उदायका व्यक्ति हुन् ।

गत सोमबार भएको मतदानमा उपसभापति पदका लागि ४ हजार ६ सय ७९ मत खसेको थियो । सभापतिमा शेरबहादुर देउवा निर्वाचित भइसकेका छन् भने महामन्त्री पदको मतगणना बिहीबार बिहान हुने निर्वाचन समितिले जनाएको छ । यसपटक कांग्रेसले १३४ पदमा निर्वाचन गरेको छ ।

*मत परिणाम अनुसार यो समाचार अपडेट गरिएको हो ।

प्रकाशित : पुस १, २०७८ ००:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?