कांग्रेस महाधिवेशन

देउवा-सिटौलाबीच बन्यो समीकरण, प्रदीप पौडेल महामन्त्रीको उम्मेदवार 

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसको १४ औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला पक्षबीच सहकार्य गर्ने सहमति जुटेको छ । देउवा–सिटौलाले महाधिवेशन उद्घाटन गर्नुभन्दा अघि नै बालुवाटारमा बसेर गरेको सहमति शुक्रबार साँझ बाहिरिएको हो ।

नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाका अनुसार भृकुटीमण्डपमा उद्घाटन सत्र सकिएपछि सिटौलाले आफूनिकट नेताहरूलाई बोलाएर सहमतिबारे जानकारी गराएका थिए । सहमति अनुसार देउवाको टिमबाट सिटौलानिकट प्रदीप पौडेल महामन्त्रीको उम्मेदवार बन्ने पक्का भएको छ ।

देउवाले आफ्नो समूहका चार जना आकांक्षीलाई छाडेर सिटौलानिकट पौडेललाई महामन्त्रीको उम्मेदवार बनाउने भएका हुन् । सहमति अनुसार अब सभापतिमा सिटौलाले देउवालाई सघाउने छन् ।

सिटौला भने कुनै पनि पदमा उम्मेदवार नबन्ने स्रोतको भनाइ छ । त्यस्तै, देउवाकै टिमबाट सिटौला पक्षका अर्का नेता उमाकान्त चौधरी पनि सहमहामन्त्रीको उम्मेदवार बन्ने भएका छन् । महाधिवेशन उद्घाटन अगावै देउवा–सिटौलाबीच बालुवाटारमा भेटवार्ता भएको थियो ।

प्रकाशित : मंसिर २४, २०७८ २१:४०
प्रतिक्रिया
पठाउनुहोस्

यस्तो छ, बन्दसत्रमा प्रस्तुत महामन्त्रीद्वयको सांगठनिक प्रतिवेदन

‘गुटगत स्वार्थ छाडेर बृहत्तरमा हित सोचौं’
कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जारी बन्दसत्रमा महामन्त्रीको सांगठनिक प्रतिवेदन पेस भएको छ । महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्काले तयार गरेको सांगठनिक प्रतिवेदन बन्दसत्रमा पेश भएको हो ।

प्रतिवेदनमार्फत् महामन्त्री कोइराला र खड्काले पार्टीमा व्यक्तिगत तथा गुटगत स्वार्थ छाडेर पार्टीको बृहत्तर हितमा समाहित भएर मात्रै राष्ट्रिय चुनौतीहरूको सामना गर्न सकिने बताएका छन् । ‘शान्ति, लोकतन्त्र, संमृद्धि एवं सार्वभौम नेपाललाई केन्द्रमा राखी राजनीतिक विकासक्रमलाई गति प्रदान गर्न बृहत एकताका साथ अघि बढ्नु आजको आवश्यकता हो,’ प्रतिवेदनमा उल्लेख छ ।

पूर्णपाठ














प्रकाशित : मंसिर २४, २०७८ २१:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×