१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

प्रधानन्यायाधीशको स्वास्थ्य अवस्था सुधारोन्मुख

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल एपीएफ अस्पतालमा उपचाररत प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।

प्रधानन्यायाधीशको स्वास्थ्य अवस्था सुधारोन्मुख

गत सोमबार साँझ कोभिड संक्रमण पुष्टि भएपछि उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल भर्ना भएका उनलाई कोभिड निमोनिया समेत देखिएको थियो । त्यसपछि अस्पतालले उनलाई भर्ना गरेर उपचार सुरु गरेको थियो ।

अस्पतालका चिकित्सक डा. प्रविन नेपालनका अनुसार उनमा देखिएको निमोनियोको उपचार जारी नै रहेको छ ।

प्रधानन्यायाधीश बिरामी भइ अस्पताल भर्ना भएपनि औपचारिक रुपमा भने अदालतबाट बिदा लिएका छैनन् । जसले गर्दा अदालतको दैनिका कार्य संचालनमा बाधा उत्पन्न भएको छ । बिहीबार बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले प्रधानन्यायाधीशलाई बिदा बस्न सुझाव समेत दिएको छ ।


प्रकाशित : मंसिर १६, २०७८ ११:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एनसेल सेयर खरिद–बिक्री प्रकरणमा नियामक निकाय निष्क्रिय राखेर छुट्टै छानबिन समिति गठन गर्नुको कारण के हो?