कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

सर्वोच्च बारका पदाधिकारीसँग प्रधानन्यायाधीशले भने- 'मैले मन्त्रीमा भाग मागेँ भन्ने समाचार झूटो हो'

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीहरूसँग मन्त्रिपरिषद् विस्तारमा आफूले पनि भाग खोजेको भन्ने समाचार झूटो भएको बताएका छन् ।

सर्वोच्च बारका पदाधिकारीसँग प्रधानन्यायाधीशले भने- 'मैले मन्त्रीमा भाग मागेँ भन्ने समाचार झूटो हो'

आइतबार सेतोपाटी र अनलाइनखबर डटकम र सोमबार कान्तिपुर दैनिकमा मन्त्रिमण्डल विस्तारमा प्रधानन्यायाधीश जबराका लागि पनि कोटा छुट्याउन दलका नेताहरूबीच छलफल भएको समाचार प्रकाशित भएको थियो। त्यसरी समाचार सार्वजनिक भएपछि सर्वोच्च अदालत बार एसोसिएसनक पदाधिकारीले सोमबार बिहान प्रधानन्यायाधीश जबरालाई भेटेर त्यसबारे चासो राखेका थिए।

भेटमा सहभागी सर्वोच्च बारका सचिव ऋषिराम घिमिरेले 'प्रधानन्यायाधीशले आफूहरूलाई झूटो समाचार प्रकाशित गरेर त्यसले स्वतन्त्र न्यायलयमाथि प्रहार गरेको' बताएको जनाए । 'त्यो हुनै नसक्ने कुरा हो । मबाट त्यस्तो काम हुनै सक्दैन्,' प्रधानन्यायाधीश जबरालाई उद्धृत गर्दै सचिव घिमिरेले भने ।

सर्वोच्च अदालत बारका अध्यक्ष प्राध्यापक पूर्णमान शाक्यको नेतृत्वमा गएको बारको टोलीसँग प्रधानन्यायाधीश जबराले आफूमाथि लागेका आरोपको खण्डन गर्ने पनि बताएका थिए।

प्रकाशित : आश्विन १८, २०७८ १२:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?