२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

संयुक्त संयन्‍त्रमार्फत हुम्लाको नेपाल-चीन सीमा समस्या समाधान गर्न सुझाव

कान्तिपुर संवाददाता

काठमाडौँ — गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यको संयोजकत्वमा गठित नेपाल-चीन सीमा अध्ययन समितिले सीमा समस्या समाधान गर्न संयुक्त निरीक्षण समितिबाट काम गर्न सुझाव दिएको छ ।

संयुक्त संयन्‍त्रमार्फत हुम्लाको नेपाल-चीन सीमा समस्या समाधान गर्न सुझाव

नेपाल र चीन दुवै देशका संयन्त्रमार्फत संयुक्त निरीक्षण समूह, संयुक्त विज्ञ समूह र संयुक्त निर्देशन समितिमार्फत समस्या समाधान गर्न सुझाव दिएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले बताए ।

हुम्लाको नाम्खा गाउँपालिका-५ र ६ नम्बर वडा जोडिएको नेपाल-चीन सीमाको अध्ययन गरेर सुझावसहितको प्रतिवेदन पेस गर्न सरकारले दुई साताअघि आचार्यको संयोजकत्वमा ६ सदस्सीय अध्ययन समिति गठन गरेको थियो । तोकिएको समयभित्रै समितिले स्थलगत निरीक्षण गरी आइतबार गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदनमा उल्लेख गरिएका सुझावबारे विस्तृत रुपमा मन्त्रालयले सार्वजनिक गरेको छैन तर निष्कर्षका केही बुँदा समेटेर विज्ञप्ति मार्फत जानकारी गराएको हो ।

अध्ययन समितिले नाम्खा-५मा पर्ने हिल्सादेखि ६ नम्बर पर्ने लिमिसम्म स्थलगत निरीक्षण गरेको मौसमी प्रतिकूलतको कारण देखाउँदै ११ नम्बर पिलर नपुगी फर्किएको थियो । वडा नम्बर ५ र ६ मा ५ नम्बर देखि १२ नम्बरसम्म नेपालतर्फको एकल,चीनतर्फका एकल र दुवै देशका साझा पिलर छन् ।

यो पनि पढ्नुहोस्ः

नेपाल-चीन सीमा निरीक्षण टोलीले सरकारलाई बुझायो प्रतिवेदन

प्रकाशित : आश्विन १०, २०७८ १९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?