कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नेपाल-चीन सीमा निरीक्षण टोलीले सरकारलाई बुझायो प्रतिवेदन

प्रतिवेदन कार्यान्वयनमा पहल गर्ने गृहमन्त्री खाँणको प्रतिबद्धता
कान्तिपुर संवाददाता

काठमाडौँ — हुम्लाको नाम्खा गाउँपालिकास्थित नेपाल चीन सीमा क्षेत्रको अध्ययन गर्न गठित समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ । समितिका संयोजक सहसचिव जयनारायण आचार्यले गृहमन्त्री बालकृष्ण खाँणलाई आइतबार प्रतिवेदन बुझाएका हुन् ।

नेपाल-चीन सीमा निरीक्षण टोलीले सरकारलाई बुझायो प्रतिवेदन

प्रतिवेदन बुझ्दै खाँणले समितिका सुझाव सरकारले कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए । 'तपाईँहरुले स्थलगत अध्ययन गरी हुम्लाको हिल्सादेखि लिमीसम्मको सीमाबारे सत्यतथ्य जानकारी समेटेर प्रतिवेदन बुझाउनुभएको छ । यसले मुलुकका लागि अन्य स्थानमा रहेका सीमा बारे पनि अध्ययन गर्न बाटो खुलेको छ,' खाँणले भने 'अध्ययनका क्रममा समितिले औंल्याएका विषय कार्यान्वय गर्न सरकारले पहल गर्नेछ ।'

सहसचिव आचार्यको संयोजकत्वमा दुई साताअघि गृह मन्त्रालयले नापी विभागका उप महानिर्देशक सुशील डंगोल, नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक प्रदीप कुमार पाल र राष्ट्रिय अनुसन्धान विभागका सह अनुसन्धान निर्देशक किशोर श्रेष्ठ सम्मिलित ६ सदस्यीय अध्ययन समिति गठन गरेको थियो । त्यसअघि मन्त्रिपरिषद्ले नाम्खामा सीमा अध्ययन गर्न टोली खटाउने निर्णय गरेको थियो ।

त्यसपछि गृहले टोलीमा रहने संयोजक र सदस्यको नाम टुंगो लगाएको थियो । भदौ २५ मा १५ दिनको समय लिई टोली हुम्ला प्रस्थान गरेको हो । असोज २ गते अध्ययन टोली काठमाडौं फर्किएर प्रतिवेदन लेखनमा जुटेको थियो । प्रतिवेदनमा उल्लेख गरिएका सुझाव भने गृहले सार्वजनिक गरेको छैन । यसैबीच गृहमन्त्री खाँणले प्रतिवेदन गृहसचिव टेकनारायण पाण्डेलाई हस्तान्तरण गरेका छन् ।

प्रकाशित : आश्विन १०, २०७८ १८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?