१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

जयसिंह धामीको परिवारलाई सरकारले १० लाख दिने

काठमाडौँ — तुइन तर्ने क्रममा महाकालीमा बेपत्ता भएका दार्चुलाका जयसिंह धामीको परिवारलाई सरकारले १० लाख दिने निर्णय गरेको छ ।

जयसिंह धामीको परिवारलाई सरकारले १० लाख दिने

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दार्चुलामा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर बेपत्ता भएका दार्चुला जिल्ला, ब्यास गाउँपालिकाका जयसिंह धामीको परिवारलाई आर्थिक सहायतास्वरुप १० लाख रुपैयाँ रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

महाकालीमा तुइन तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन खुस्काउँदा दार्चुलाका जयसिंह धामी महाकालीमा खसेर बेपत्ता भएका थिए ।

भारतको बाटो भएर सदरमुकाम खलंगा आउँने क्रममा तुइनमार्फत महाकाली तर्दा धामी साउन १५ गत महाकालीमा खसेर बेपत्ता भएका थिए ।

सम्बन्धित समाचार :

प्रकाशित : भाद्र १०, २०७८ १८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?