१ हजार ५४८ मा कोरोना पुष्टि, २४ जनाको मृत्यु

भाद्र ७, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा १ हजार ५४८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७०४ पीसीआर परीक्षणमा सोमबार थप १ हजार ५४८ जनामा संक्रमण पुष्टि भएको हो । 

यस्तै एन्टिजेन विधिद्वारा गरिएको २ हजार ६२२ परीक्षणबाट २५३ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको ११ हजार ३२६ परीक्षणमा १ हजार ८०१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख ४८ हजार ९८१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ९२४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ७ लाख ९७ छ ।

नेपालमा कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या १० हजार ५३३ पुगेको छ ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully