कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७
राजनीतिक दलसम्बन्धी अध्यादेश

ठाकुर समूहको पार्टीको नाम 'जसपा नेपाल लोकतान्त्रिक'

काठमाडौँ — जनता समाजवादी पार्टीमा असन्तुष्ट रहेको महन्थ ठाकुर समूहले नयाँ पार्टी गठन गर्ने भएको छ । ठाकुर पक्षको बुधबारको बैठकले पार्टीको नाम टुंगो लगाएको हो । 

ठाकुर समूहको पार्टीको नाम 'जसपा नेपाल लोकतान्त्रिक'

जसपाका नेता शरतसिंह भण्डारीका अनुसार पार्टीको नाम 'जसपा नेपाल लोकतान्त्रिक' राख्ने निर्णय भएको छ । उनले भने, 'पार्टीको नाम टुंगो लागेको छ । जसपा नेपाला लोकतान्त्रिक राख्ने भयौं । कति पदाधिकारी हुने र कति सदस्यीय केन्द्रीय कमिटी बनाउने देखि संगठन संरचना कस्तो हुने भन्नेबारे छलफल जारी रहेको छ ।'

सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपतिकहाँ सिफारिस गरेसँगै जसपा विभाजन गर्न असन्तुष्ट ठाकुर पक्ष लागेको थियो । ठाकुरले आफ्नै नेतृत्वमा दल दर्ता गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएका छन् । उनले बुधबार बिहानै सांसद र केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूलाई बैठकका लागि बोलाएका थिए ।

प्रकाशित : भाद्र २, २०७८ १३:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?