२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

सर्वोच्च अदालतले लोकतन्त्र जोगायो : देउवा

'अब पाँच दल मिलेर सरकार बनाउँछौं'

काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले लोकतन्त्रलाई जोगाएको बताएका छन् । सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै मंगलबार साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न परमादेश जारी गरेको छ । 

सर्वोच्च अदालतले लोकतन्त्र जोगायो : देउवा

सर्वोच्चको फैसलापछि छोटो प्रतिक्रिया दिँदै सभापति देउवाले भने, ‘अदालतले लोकतन्त्र जोगायो । न्यायालय स्वतन्त्र छ भन्ने पुष्टि भएको छ। अब पाँच दल मिलेर सरकार बनाउँछौं ।’

सर्वोच्चको फैसलापछि सोमबार अपरान्ह विपक्षी गठबन्धनको बैठक बस्दैछ ।

प्रकाशित : असार २८, २०७८ १५:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?