सर्वोच्च अदालतले संविधानको रक्षा गर्‍यो : रामचन्द्र पौडेल

'सर्वोच्चको फैसला अनुसार प्रधानमन्त्री बन्न लाग्नुभएका मेरा मित्र शेरबहादुर देउवालाई बधाई'

असार २८, २०७८

बबिता शर्मा

काठमाडौँ — कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रारम्भिक प्रतिक्रिया दिँदै सर्वोच्च अदालतले संविधानको रक्षा गरेको बताएका छन् ।

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णयलाई सर्वोच्च अदालतले बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेसँगै पौडेलले सो फैसला स्वागतयोग्य भएको बताए हुन् । 

‘लामो संघर्ष गरेर ल्याएको संविधानको रक्षा अदालतले गर्‍यो । त्यसका लागि सर्वोच्च अदालतलाई धन्यवाद छ,’ पौडेलले कान्तिपुरसँग भने, ‘सर्वोच्चको फैसला अनुसार प्रधानमन्त्री बन्न लाग्नुभएका मेरा मित्र शेरबहादुर देउवालाई पनि बधाई दिन्छु । परिवर्तनगामी, लोकतन्त्रका पक्षधरहरु सबैलाई बधाई छ ।’

प्रतिनिधिसभा विघटन मुद्दा

बबिता शर्मा कान्तिपुर दैनिकमा राजनीतिक ब्यूरोमा कार्यरत छिन् ।

Link copied successfully