१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

सुब्बाको हत्या आरोपमा पक्राउ परेका सार्वजनिक

काठमाडौँ — दक्षिणकालीको जंगलमा मृत अवस्थामा भेटिएकी सन्तोषी सुब्बाको हत्याराको आरोपमा पक्राउ परेकालाई प्रहरीले सार्वजनिक गरेको छ ।

महानगरीय अपराध महाशाखाले सुब्बाको हत्या आरोपमा सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी –१४ घर भइ दक्षिणकाली नगरपालिकामा बस्ने २९ वर्षीय सुरेश तिमल्सिनालाई बिहीबार सार्वजनिक गरेको हो । सुब्बालाई दक्षिणकाली नगरपालिका– ७ को दक्षिणकाली मन्दिरस्थित जंगलपरिसरको पिकनिकस्थलमा रहेको सार्वजनिक शौचालयमा मंगलबार मृत अवस्थामा भेटिएको थियो ।

असार ६ गते सन्तोषीले अभियुक्त सुरेश तिमल्सिनालाई खाने र बासको समस्या भएको बताएपछि उनले खाना र सुत्ने व्यवस्था आफूले काम गर्ने बसमा मिलाइदिन्छु भनी दक्षिणकालीको जंगलमा लगेर जबर्जस्ती गर्न खोजेको र सुब्बाले प्रतिकार गर्न खोज्दा घाँटी थिची हत्या गरेको अनुसन्धानको क्रममा खुल्न आएको महानगरीय अपराध महाशाखाका प्रमुख चन्द्र कुँवेर खापुङ बताए ।

अभियुक्तलाई लुकिछिपी बसेको अवस्थाबाट काठमाडौं–२७ कमलाक्षी इनबहालबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ । अभियुक्तको साथबाट घटनाको बेलामा लगाएका कपडाहरु, मृतकको मोबाइल र मेमोरी कार्डसमेत फेला परेको प्रमुख खापुङ बताए।

प्रकाशित : असार १०, २०७८ १३:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?