कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

युवती हत्याको आरोपमा एक जना पक्राउ

काठमाडौँ — दक्षिणकाली मन्दिर क्षेत्रमा मृत भेटिएकी सन्तोषी सुब्बाको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाले दक्षिणकाली क्षेत्रबाट एक पुरुषलाई पक्राउ गरेको हो । 

युवती हत्याको आरोपमा एक जना पक्राउ

पक्राउ परेका आरोपीलाई केहीबेरमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने महाशाखाले जनाएको छ । पशुपन्छीको आवाज नक्कल गर्ने क्षमता भएकी अन्दाजी २७ वर्षीया सन्तोषी कालोपुलमा धर्मबुबासाग बस्दै आएकी थिइन् ।

करिब ९ वर्षको उमेरकी सन्तोषीलाई काभ्रेका धर्मबहादुर तामाङले उनलाई चाबहिलमा भेटेका थिए । त्यसपछि सन्तोषीलाई उनले धर्मछोरी बनाएर संरक्षण दिएका थिए । पहिले टेम्पो र फुटपाथमा पसल चलाएका धर्मले पछिल्लो पटक सन्तोषीलाई विभिन्न विद्यालय तथा कार्यक्रममा कला प्रस्तुतिका लागि लैजाने गरेका थिए ।

सन्तोषीको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । उनको बलात्कारपछि हत्या भएको आशंका गरिएको तर आरोपितले प्रारम्भिक सोधपुछमा त्यसलाई इन्कार गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले जनाएका छन् ।

प्रकाशित : असार १०, २०७८ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?