विदेश जानेलाई ८१ स्थानबाट पीसीआर परीक्षण

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैदेशिक रोजगारसहित विदेश जानेलाई कोभिड-१९ को पीसीआर परीक्षण सबै सरकारी प्रयोगशाला, न्यूनतम सय बेड भएका अस्पतालमा आधारित रहेका र ए वर्गका निजी प्रयोगशालाहरुले गरेको मान्य हुने जनाएको छ ।

विदेश जानेलाई ८१ स्थानबाट पीसीआर परीक्षण

वैदेशिक रोजगारमा जाने कामदारहरुले कहाँबाट पीसीआर गराउँदा मान्यता हुने भन्ने दुविधा देखिएपछि मन्त्रालयले शनिबार स्पष्ट गर्दै गत वैशाख १९ गते भएको निर्णयमा कुनै परिवर्तन नभएको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. सोमकुमार अधिकारीका अनुसार वैशाख १९ गते नै मन्त्रालयद्वारा तोकिएको पीसीआर गराउने प्रयोगशालाहरु परिवर्तन भएको छैन ।

सरकारले प्रमुख गन्तव्यमा थप उडान र चार्टर सेवाको अनुमति दिएपछि बिदामा आएका र नयाँ श्रम स्वीकृति पाएका कामदारको विदेश जान चाप बढेको छ । कतार जानको लागि काठमाडौं आएका भोजपुरका उमेश भुर्तेलले प्रर्याप्त सूचना नहुँदा पीसीआर परीक्षण गराउने निकाय थाहा नपाउँदा निकै अन्योल भएको बताए ।

मन्त्रालयका अनुसार ५१ वटा सरकारी अस्पताल र ३० वटा निजी अस्पताल र ए वर्गका निजी प्रयोगशालाहरु छन् ।

ल्याब थाहा पाउन यहाँ क्लिक गर्नुहोला ।

प्रकाशित : असार ५, २०७८ २०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?