महत्वपूर्ण निर्णय गर्न भन्दै यादवले बोलाए जसपा केन्द्रीय कार्यकारिणीको बैठक - समाचार - कान्तिपुर समाचार

महत्वपूर्ण निर्णय गर्न भन्दै यादवले बोलाए जसपा केन्द्रीय कार्यकारिणीको बैठक 

कान्तिपुर संवाददाता

काठमाडौँ — जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय कार्यकारिणीको बैठक बोलाएका छन् । पार्टीभित्र उत्पन्न विवादका विषयमा छलफल गर्न र महत्वपूर्ण निर्णय लिनका लागि बैठक बोलाइएको कार्यकारिणी समिति सदस्य मोहम्मद इस्तियाक राईले जानकारी दिए ।

जसपा अध्यक्ष उपेन्द्र यादव । तस्बिरः दिपेन्द्र राेक्का/कान्तिपुर

पार्टीभित्रको विवादबारे छलफल गर्नका लागि र सरकारमा सहभागी नेताहरूलाई सोधिएको स्पष्टिकरणबारे निर्णय गर्नका लागि कार्यकारिणी बैठक बोलाइएको राईले बताए । असार ३ गते बिहीबार बिहान साढे ११ बजे बैठक बोलाइएको छ ।

बैठकमा अध्यक्ष महन्थ ठाकुर पक्षका सदस्यहरूलाई पनि बोलाइएको तर उनीहरू उपस्थित हुने कि नहुने भन्ने यकिन भइनसकेको अर्का एक कार्यकारिणी समिति सदस्यले बताए ।

जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिमा बहुमत उपेन्द्र यादवको पक्षमा छ । बहुमत सदस्यको निर्णयले जसपाबाट अध्यक्ष महन्थ ठाकुर, नेताहरू राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ सुक्ललगायतलाई कारबाही गरिएको थियो । तर उक्त कारबाहीलाई निर्वाचन आयोगले अस्वीकृत गरेपछि जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्न लागेको हो ।

सम्बन्धित समाचार :



प्रकाशित : असार १, २०७८ १७:५३
प्रतिक्रिया
पठाउनुहोस्

नारायणी नदीमा पानीको सतह उच्च, गण्डक ब्यारेजका सबै ढोका खोलियो 

नारायण शर्मा

पूर्वीनवलपरासी — लगातारको झरीले नारायणी नदीमा पानीको सतह खतराको तहभन्दा माथि गएको छ । देवघाट जलमापन केन्द्रका अनुसार मंगलबार अपरान्ह ४ बजेपछि पानीको सतह ८ दशमलब २६ मिटरभन्दा माथि पुगेको छ । नारायणी नदीमा पानीको सतह ८ मिटर भन्दामाथि गएपछि खतराको संकेत गर्दछ । 

जिल्ला प्रशासन कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी आनन्द शर्माले नारायणी नदी आसपासका बासिन्दालाई सतर्क अपनाउन प्रशासनले अनुरोध गरेको सूचना जारी गरेको छ । आसपासका सूरक्षा निकायलाई सर्तक अवस्थामा राखिएको छ । त्रिवेणीस्थित गण्डक ब्यारेजका सबै ३६ वटा ढोका खोलिएको छ । लगातारको वर्षातको पानी र खोलाको बाढीले नारायणीमा पानीको सतह बढ्दै गएको हो ।


प्रकाशित : असार १, २०७८ १७:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×