थप ३० स्थानमा जल तथा मौसम मापन केन्द्र स्थापना गरिने

जेष्ठ १५, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले मौसम पूर्वानुमान प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि थप ३० स्थानमा जल तथा मौसम मापन केन्द्र स्थापना गर्ने भएको छ । 

गामी आर्थक वर्षभित्रमा ती स्थानहरुमा मौसम मापन केन्द्र स्थापना गरिने अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् । 

मौसम सम्बन्धी सूचना संकलनका लागि पाल्पा र उदयपुरमा मौसमी राडार जडान गरिने भएको छ । काठमाडौं उपत्यकामा एक्स वेण्ड राडार पनि जडान गरिने सरकारको योजना छ । 

मौसम सम्बन्धीको जानकारी दिनका लागि सरकारले टेलिभिजनमा मौसम च्यानल समेत सञ्चालन गर्ने अर्थमन्त्री पौडेलले बताएका छन् । 

कान्तिपुर

Link copied successfully