१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

प्रधानमन्त्रीका लागि मरिहत्ते गरेको छैन, पाए भाग्ने कुरा छैन : देउवा

विपक्षी दलको भूमिका सही रूपमा निभाऔं : पौडेल 
रमेशकुमार पौडेल

चितवन — कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदका लागि आफू मरिहत्ते नगर्ने तर पाएदेखि नभाग्ने बताएका छन् । चितवनको रत्‍ननगरमा पार्टीका नेता स्वर्गीय एकनाथ रानाभाटको १३औं दिनको श्रद्धाञ्जली कार्यक्रममा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन् ।

प्रधानमन्त्रीका लागि मरिहत्ते गरेको छैन, पाए भाग्ने कुरा छैन : देउवा

कार्यक्रममा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भावी राजनीतिक कदमका विषयमा घोचपेच समेत चलेको थियो ।

वरिष्ठ नेता पौडेलले संसद् विघटनबाट जोगिए पनि विकृतिबाट जोगाउन आवश्यक रहेको बताएका थिए । आफ्नो हैसियत र औकातभन्दा बढी आकंक्षा र महत्वकांक्षा राख्नु विकृति भएको पौडेलले बताए । कांग्रेसले सही रूपमा विपक्षको भूमिका निभाउनु पर्ने पनि उनले बताए । 'हामी संसद्मा सानो संख्यामा छौं तर भूमिका र महत्व ठूलो छ । यो भूमिका पूरा नगरे लोकतन्त्रको रक्षा कसरी हुन्छ ?' पौडेलले भने ।

पौडेलपछि बोलेका सभापति देउवाले भने आफू पार्टी सरकारमा जाँदा र आफू प्रधानमन्त्री हुँदा पार्टीलाई फाइदा हुने बताएका थिए । 'रामचन्द्रजी तपाईं सानो चित्त नगराउनुस, तपाइँको कुरा सुन्दा शेरबहादुर प्रधानमन्त्री नहोस्, अरू होस् भन्नेजस्तो बुझिन्छ । त्यसो नगर्नस् । म प्रधानमन्त्री भए पार्टीलाई फाइदै हुन्छ,' उनले भने ।

महामन्त्री शशांक कोइराला भने वर्तमान राजनीतिक विषयमा मौन रहे । बुधबार बिहान चितवनमा आयोजित पत्रकार सम्मेलनमा भने कोइरालाले कांग्रेस दाहाल-नेपाल समूहसँग मिलेर सरकारमा जानुपर्ने बताएका थिए ।

प्रकाशित : फाल्गुन १९, २०७७ १६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?