प्रदेश २ को प्रमुखमा राजेश झा नियुक्त

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रदेश २ को प्रमुखमा राजेश झा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट झालाई शुक्रबार प्रदेश प्रमुख नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रदेश २ को प्रमुखमा राजेश झा नियुक्त

यसअघिका प्रदेश प्रमुख तिलक परियारलाई शुक्रबार नै पदमुक्त गरेपछि झालाई नियुक्त गरिएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी विज्ञप्तिमा भनिएको छ,'सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी ज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम श्री राजेश झा, रौतहटलाई प्रदेश नं २ को प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ ।'


प्रकाशित : फाल्गुन ७, २०७७ १५:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?